६ र ९ कक्षाको अनुमति टुंगो लगाउन शिक्षा कार्यालयलाई निर्देशन

सुमन मल्ल-
असार २३,
 शैक्षिक सत्र २०७० मा अनुमतिको प्रक्रियामा रहि ६ र ९ कक्षा सञ्चालन गरेका विद्यालयहरुको अनुगमन र नक्साकंन गरि अनुमति प्रक्रिया टुंगो लगाउन शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको छ ।
 विभागको विद्यालय व्यवस्थापन शाखाको २०७० । २ ।३० गतेको चलानी नम्बर ३९५ को पत्र अनुसार ६ र ९ कक्षा सञ्चालन गरेका तथा प्mल्यास १ फारम भरि कक्षा सञ्चालन गरिरहेका विद्यालयहरुलाई शिक्षा नियमावली अनुसार काम गर्न निर्देशन गरेको छ । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ले तोकेकोमापदण्ड तथा पुर्वाधार र नक्सांकनको आधार समेत पुरा गरेका विद्यालयहरुलाई अनुमति माग गर्ने समय प्रदान गर्ने , तोकिएको मापदण्ड तथा पुर्वाधार पुरा गरे नगरेको एकिन गरि कक्षा ६ को लागि क्षेत्रिय शिक्षा निर्देशनालय र कक्षा ९ को हकमा शिक्षा विभागबाट पुनरावलोकन गराई अनुमति प्रक्रिया टुंगो लगाउन निर्देशन गरिएको छ ।
 विदेशी नाम राखेर खुलेका विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ले निर्धारण गरेको प्रक्रिया अनुसार नाम परिवर्तन गरेर मात्र अनुमति प्रक्रिया सुरु गर्ने र अनुमति प्राप्त गर्न नसकेका र अनुमति विना सञ्चालन भएका सवै विद्यालयहरु स्थानीय प्रशासनको सहयोगमा बनद गराउन समेत विभागले निर्देशन दिएको छ ।
जिल्लामा अहिले प्रावि , निमावि र मावि तहका कक्षा सञ्चालनको अनुमति लिए पनि समुदायले निजी स्रोतबाट धान्न सकिरहेको अवस्था छैन ।

0 comments

बिचार लेख्नुहोस्..