गहुँ वाली भित्र्याउन नपाउदा कृषकहरु चिन्तित

विनोद कुमार मल्ल-  मुगु २३ ,असार ,
    मुगु जिल्लाका कृषकहरुले लगाएको हिउँदे बाली गहँु,लगातारको बर्षाका कारण टिप्न नपाई वोटमा नै उम्रिन थाले पछि यहाँका कृषकहरु चिन्तित बनेका छन ।     असार महिनाको पहिलो साता देखि निरन्तर वर्षा हुदा यस जिल्लाका उच्च स्थान   मालिकी,तुम्ली,रोवाललेख,पिना,मन्दु,लिउडी,जिउका,तरमा,कवा,कोटिला,गोठी,ताल्चा, का कृषकहरुले लगाएको गहुँ वाली घरमा भित्राउन नपाउदै खेतगरामै उमिन्र थाले पछि आफुहरु चिन्तित बनेको कृषकहरुले बताएका छन् ।
जिल्ला भरीमा कुल ४ हजार ३ सय ३० हेक्टर क्षेत्रफलमा लगाईएको गहुँ वाली मध्ये ७ हजार ७ सय ९४ मेट्रिकटन गहुँ बाली कृषकहरुले उत्पादन् गरिसकेको कृृषि कार्यालय मुगुले जानकारी दिएको को छ ।
                     

0 comments

बिचार लेख्नुहोस्..