बाणिज्य संकाय सञ्चालन विभिन्न निकायमा सहयोग मागिने

मुगु न्युज डट कम,
असार २६,
जिल्लाको एक मात्र बाणिज्य संकायको पढाई सञ्चालनका लागि विभिन्न निकायमा सहयोग माग गर्ने निर्णय भएको छ ।
रोवामा सञ्चालित प्रभात उच्च माध्यामिक विद्यालय रोवामा जिल्लामा पहिलो पटक विज्ञान, शिक्षा र बाणिज्य संकायको पढाई सुरु गरिए पनि विद्यालयलाई आर्थिक भार थाम्न मुश्किल भएकाले सरोकारवाला निकायसँग सहयोग माग गर्ने निर्णय गरिएको हो । बुधबार वसेको उच्च माध्यामिक विद्यालय समन्वय समितिको बैठकले विषयगत शिक्षकका लागि उच्च माध्यामिक शिक्षा परिषद सँग अनुरोध गर्ने निर्णय गरिएको छ ।
 भौतिक पुर्वाधारका लागि अहिलेसम्म जिल्ला शिक्षा कार्यालय मुगुले ३१ लाख जति खर्च गरिसकेको छ । हाल विद्यालयका लागि चार जना आंशिक र चार जना पुर्णकालिन गरि आठ जना शिक्षक कार्यरत रहेका छन । आउदो दशंैसम्ममा असल छिमेकि नेपाल मुगु सामुदायिक विकास परियोजनाले एक जना विज्ञान शिक्षकको व्यवस्था गर्ने भएको छ । परियोजनाको कार्य क्षेत्र समेत रहेकाले एक जना शिक्षकको व्यवस्था गर्न सकिने परियोजनाका संयोजक अष्ट कुमार श्रेष्ठले जानकारी दिए ।
 जिल्लामा एक मात्र बाणिज्य संकायको अध्ययन अध्यापन कार्य राम्रोसँग सञ्चालन हुन सके बाणिज्य संकायको उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेर जाने छ भने जिल्लावासीले सहज रुपमा शिक्षा आर्जन गर्न सक्नेछन ।

0 comments

बिचार लेख्नुहोस्..