धैनकोट गाविसमा ११ लाख बढि अनियमितता

मुगु न्युज डट कम,
असार २६,
धैनकोट गाविसलाई प्राप्त अनुदान रकम गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरेर ११ लाख बढि रकम अनियमितता भएको पाईएको छ ।
 आर्थिक वर्ष २०६८।०६९ मा गाविसलाई प्राप्त रकम मध्य २ लाख ३४ हजार रकम अनियमितता भएको देखिएको छ । गाविसबाट जयकर्ण मल्ललाई चार लाख,डोल्फु गाविसलाई ३ लाख कोटडाँडा गाविसलाई १ लाख सापटी दिएको पाईएको छ । चालु आर्थिक वर्षमा गाविसलाई प्राप्त दश लाख तिस हजार मध्य गाविसको बैंक खातामा पचास हजार मात्र मौजदात रहेको छ भने योजनामा १ लाख ५० हजार मात्र खर्च भएको र बाँकि ८ लाख ८० हजार अनियमितता भएको पाईए पछि गएको तिन दिन यता तत्कालिन गाविस सचिव सिंह बहादुर धामी र गाविसका स्थानीयवासी विच गमगढीमा लगातार छलफल र बैठेक वसेको थियो ।
 गाविस सचिव धामीको अबधी सकिसकेकाले अहिले गाविसको जिम्मेवार तिर्थराज शाहीलाई दिईएको छ । निर्वतमान सचिव धामीको पालाको रकम फर फारक गर्नु पर्ने भए पछि तिन दि यता भएको छलफल पछि अघिल्लो आर्थिक वर्षको दुई लाख ३४ हजार र चालु आर्थिक वर्षको आठ लाख असि हजार आउदो साउनको १५ गतेसम्म गाविसको खातामा रकम जम्मा गर्ने सहमति भएको छ । पछिल्लो समयमा गाउ विकास समितिहरुले गाविसको रकम सहकारी जस्तै ऋण तथा सापटी दिने गरेका छन भने विकास निर्माणका कार्य प्रभावित हुने गरेका छन ।

1 comments

yaha vastrachar garne haru dherai hun6an

बिचार लेख्नुहोस्..