वर्षाका कारण बाटो भत्किदा करानमा आवतजावत गर्न समस्या

मुगु न्युज डट कम,
असार २६,
अविरल भईरहेको वर्षाका कारण करान भेकका विभिन्न स्थानमा बाटो भत्किदा हिड डुल गर्न समस्या भएको छ ।
माँग्री गाविसको छाईल गाउँ र माँग्री गाउको विचका वर्षाका कारण बाटो भत्किए पछि भिरमा जोखिमपुर्ण यात्रा गर्नु परिहेको छ भने घोडा खच्चड लगाएतका पशु वस्तुहरु आवत जावतमा पुर्ण रोकावट आएको छ ।
लगातारको वर्षाका कारण ठाउँ ठाउँमा बाटो भत्किदा करानका माँग्री,पुलु,किम्री,डोल्फु र मुगु गाविसका स्थानीयवासीलाई करान गमगढी आवत जावतमा कठिनाई उत्पन्न भएको सेरोगमा कार्यरत शिक्षक अंक बुढाले जानकारी दिएका छन ।
माँग्री गाविसको मह वन क्षेत्रमा पर्ने सिम खोला नजिक मंगलवार माथीबाट आएको ढुंगा लागेर दुईवटा गोरु समेत मरेको बताईएको छ ।

0 comments

बिचार लेख्नुहोस्..