टिकट लिन गएका स्थानिय युवा प्रहरीको कुटाईवाट सक्त घाईते
एलपी देवकोटा , जुम्ला
जुम्ला विमानस्थलमा टिकट लिन गएका एक जना स्थानीय प्रहरीको कुटाईवाट सक्त घाईते भएका छन् । चन्दननाथ गाविस ९ सिंगाचौरका कर्णविर सुनार प्रहरीको् कुटाईवाट घाईते भएका हुन् । विरामीलाई टिकट बनाउन गएका सुनारले विमानस्थलको गेट प्रवेश गर्ने अनुमती माग्दा उल्टै प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शिहरूले जनाएका छन ।
घाईते सुनारले पहुच भएकाहरुलाई फोनकै आधारमा टिकट दिने र प्रहरीले नै भित्र वाहिर गर्न दिईरहेको अवस्थामा आफुले भित्र प्रवेश गर्ने अनुमती माग्दा गेट भित्र लिएर कुटेको जनाएका छन् ।
न्याय माग्दा उल्टै अन्यायको भारी वोक्नु पर्छ धाइते सुनारले भने । उनको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भईरहेको छ । उनको छात्तिमा र शरिरको तल्लो भागमा चोट लागेको छ । घाईते सुनारका अनुसार आफुलाई तपाई संग काम छ भनेर भित्र लिएपछि कुटपिट गरेका थिए । कुट्पिट पछि जुम्ला विमानस्थलमा एक चोटी तनाव सृजना भएको थियो । स्थानिय सुनारलाई कुटपिट गरेर घाईते वनाएपछि उनका आफ्न्तले कुटपिट गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र अञ्चल प्रहरी कार्यालयमा धर्ना दिएका थिए । विमानस्थलको सुरक्षा प्रमुख चन्द्र वहादुर चन्दको नेतृत्वको प्रहरी टोलिले उनलाई कुटपिट गरेको हो ।
उनका आफ्न्तले भोलि सम्म कार्वाही प्रक्रिया अगाडी नवढे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन । उनले आन्दोलनमा हुने क्षेतिको सवै जिम्म्ेवारी राज्यले लिनु पर्ने वताएका छन ।
स्थानिय युवा सार्कीका आफन्तलाई अञ्चल प्रहरी कार्यालयका प्रमुख गणेश गुरुंगले कुटपिटमा संलग्नलाई कार्वाही गर्ने वचन दिएपछि आक्रोसित आफ्न्तहरु फिर्ता भएका छन । महत गाविसका जय वहादुर महतले अञ्चल प्रहरी कार्यालयका प्रमुख गूरुंगले दिएका्े आश्वासनका कारण आफुहरु शान्तिपुर्ण रुपमा फर्किएको वताएका छन ।
सामान्य भएकोले घटना मिली सकेको प्रमुख जिल्ला अधिकारी विष्णु वहादुर थापाले भने । पुलिसले कुटपिट गरेको साचो भएको स्वीकार गर्दै उनिहरुलाई समान्य कार्वाही गरीने प्रजिअ थापाले वताए ।
जुम्ला विमान स्थलमा लामो समय देखि नै निजि विमान कम्पनीले आफ्नो कार्यालय विमान स्थल बाहिर राखेपनि सुरक्षा घेरा भित्रैवाट टिकट वितरण गर्ने गरेकोले यस्तो समस्य सृजना भएको यात्रुहरुको गुनासो छ । यसअघि पनि विकट गाउवाट आएका मानिसहरुलाई गेट भित्र प्रवेश गर्न नदिनाले एक हप्ता सम्म पनि विमानस्थलमै कुर्नु परीरहेको अवस्था थियो । विमान स्थल व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयमा भएका् दर्जनौ निर्णय कागजमै मात्रै सिमित भएका छन ।

0 comments
बिचार लेख्नुहोस्..