वर्षका कारण बाटो भत्किदा समस्या

मुगु न्युज डट कम,
असार २३ ,
 लगातार भईरहेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा बाटो भत्किदा सोरु र गमगढी आवत जावत गर्न समस्या भएको छ ।
 गमगढी देखि सोरु जाने बाटो अन्र्तगत रुगा गाविसको फालहाल्ना भन्ने स्थानमा  नदिको वहाव बढेर बाटो भन्दा माथी छाल पुगे पछि आवत जावतमा कठिनाई भईरहेको छ । यसरी नदि बाटो भन्दा माथी पुगे पछि गमगढीबाट सोरु भेक जाने मान्छेका लागि जोखिम बढेर गएको छ । वर्षाका वेला यो बाटो अबरुद्ध हुँदा सोरुका सात गाविसका स्थानीयवासीलाई आवत जावतमा समस्या उत्पन्न हुने गरेको छ । वर्षाका कारण खत्याड भेकका श्रीकोट र सेरी गाविसका विभिन्न स्थानमा पहिरो जाँदा आवत जावतमा समस्या भएको छ ।

0 comments

बिचार लेख्नुहोस्..