सभासद टिकटका लागि राजधानीमा दौडधुप

सुमन मल्ल
भाद्र ४ मुगु
 आगामी  मंसिर चार गते तोकिएको दोस्रो संविधान सभाको निर्वाचनका लागि सभासदको उम्मेदवारको टिकट पाउन जिल्लाका काँग्रेस एमालेका नेता राजधानीमा दौंड धुप गरिरहेका छन ।
 हिजो आज जिल्ला स्तरिय दलका नेता काठमाण्डौं केन्द्रित भएर आ आफ्नो पक्षमा टिकटका लागि उच्च स्तरिय नेताका घर दैलो धाउन थालेका छन । नेपाली काँग्रेसमा सभासदको प्रत्यक्ष उम्मेदवारका लागि चार जना दावेदार देखिएका छन । अहिले विगत देखि केन्द्मा बसेर महाराजगञ्ज , बुढानिलकण्ठ र मण्डिकाटार धाउनेमा खडक बहादुर शाही , केहि महिना अघि जिल्लाबाट राजधानी गएका हस्त बहादुर मल्ल, जनजातीबाट छिरिङ्ग क्याप्ने लामा र जिल्ला सभापति ऐन बहादुर शाही सभासदको टिकट आफ्नो नाममा ल्याउन शिर्ष नेता कहाँ धाउन थालेका छन ।
 नेकपा एमालेबाट मुगु जिल्ला अध्यक्ष मोहन बाँनिया, गोपाल बम र चन्द्र बहादुर शाही टिकटका लागि आफ्नै तरिकाले लागिरहेका छन । उनिहरु काठमाण्डौमा रहेका र सभासद उम्मेदवारका दावेदारहरु कुन पक्ष भनेर नदेखिए पनि बाँनियाले केपि ओली र ईश्वर पोखरेलसंग टिकटका लागि भेटघाट बढाएको समाचार स्रोतले बतायो । स्रोतका अनुसार एमालेका तिनै जनालाई एकै ठाउँमा राखेर सहमति प्रयास गराउने पहल गरे पनि तिनै जना अलग अलग रुपमा लवि गर्न थालेपछि विवाद देखिएको छ । तिनै जना संस्थापन पक्ष भने पनि गोपाल बम र चन्द्र बहादुर शाही एमाले अध्यक्ष झलनाथ खनाल माधव नेपाल नजिक छन भने बानिया वलि नजिक छन । टिकटका लागि पहिलो प्रयास बाँनिया र दोस्रो बमलाई भने पनि दुवै जनाको तेस्रो विकल्प शाही रहेको समाचार स्रोतले बतायो ।
 यता काँगे्रसमा खडक बहादुर शाहीले २०६४ सालमा आफुले पाएको सभासदको टिकट खोसिएको भन्दै यो पटक कुनै हालतमा सभासदको टिकटका लागि केन्द्मा दौड धुप गरिरहेका छन । अर्को तर्फ अब जिल्लामा काँग्रसको नेतृत् व गर्न हस्त बहादुर मल्लको विकल्प नभएको एक थरि काँगे्रसको धार छ । काँग्रेसमा तिन जना युवा पनि सभासदको उम्मेदवारका दावेदार छन । उपाध्यक्ष्य पदम रावल, सह सचिब खगेन्द्र बहादुर मल्ल र महासमिति सदस्य तिलक बहादुर मल्ल देखिएका छन । सवैले दावेदार गर्छन भने हामीले पनि किन प्रयास नगर्ने सह सचिव मल्लले भने ।
 एकिकृत नेकपा माओवादीले भने जिल्ला तहबाट तिन जनाको नाम सिफरिस गरिसकेको छ । एक नम्बरमा सुकविर बुढा, दोस्रो नम्बरमा अज बहादुर शाही र तेस्रो नम्बरमा लाल बहादुर रावतलाई सिफरिस गरिएको छ । त्यस्तै अखण्ड पाटीका नेताहरु पनि राजधानी केन्द्रीत भएका छन । दर्ज बहादुर भाम, चन्द्र बहादुर बुढा र बौदे भाम देखिएका छन ।
टिकटका लागि जिल्ला तहले निर्णय र सिफरिस गरेका आधारमा उम्मेदवारको टिकट पाउने भए पनि नेताहरु राजधानीमा केन्द्रीत भई शिर्ष नेताका घर दैलो धाउन थाले पछि केहि समस्या आएको काँग्रेस सभापति ऐन बहादुर शाहीले बताए । टिकटका लागि जिल्ला तहले निर्णय गर्ने भनेको र सवैजना राजधानीमा नै रहेकाले सहमतिका लागि प्रयास थालिएको एमाले पाटी सचिव जित बहादुर मल्लले जानकारी दिए ।



0 comments

बिचार लेख्नुहोस्..