लछिमाको मृत्युले नबालक छोराछोरीको बेहाल

मुगु ५ भदौं, तिन साता अघि पाँच महिनाको शिसु गर्बमै तुहिएपछी उपचारका लागी जिल्ला अस्पताल ठिनीमा ल्याएको भएपनी अस्पतालमा डाक्टर नभएपछी अस्पतालले उपचारका लागी रिर्फर गरेपछी आर्थिक अभाबले नेपालगंज सुर्खेत लिन नसक्ने अबस्थाका कारण जिल्लामै रहेको निजि अस्पतालमा तिन साता सम्म उपचार गरी डाक्टरले मंगल बार घर पठाएको भएपनी अस्पताल बाट फर्केकै दिन मृत्यु भए पछी तिन जना नबालक छोरा छोरीको बेहाल भएको छ ।
 साउन १७ गते गर्बमा रहेको पाँच महिनाको शिसु गर्बमै तुहिएकै कारण ब्यथा लागे पछी उपचारका लागी १८ गते जिल्ला अस्पतालमा पु¥याएकि रोवा गाबिस ७ निबासी २५ बर्षिया लक्षिमा बुढा लाई जिल्ला अस्पतालमा डाक्टर अभाब र शरिरमा रगत अभाब भएको भन्दै अन्य ठाउमा उपचारका लागी रिर्फर गरेको भएपनी अर्थिक अभाबका कारण अन्यत्र लिन नसकेकाले जिल्लामा रहेको निजि रारा अस्पतालमा उपचारका लागी भर्ना गरी तिन साता सम्म उपचार गरेर मंगलबार उपचारमा संलग्न डाक्टर किसोर परियार संग घर जाने भनेकाले घर गएको तिन घण्टामै मृत्यु भए पछी उनका तिन नबालक छोराछोरीको लालन पालनमा बेहाल हुने भएको छ ।
 रगत अभाबले मृत्युको शैयाम छटपटाउदै भन्ने समाचार अन्नापूर्ण पोष्टमा प्रकासित भएपछी नेपाली सेनाको दुर्गा भञ्ज्याङ्ग गुल्माका तिन जना सेनाका जवानले तिन प्वाईन्ट रगत दिएर गर्बमा तुहिएको पाँच महिनाको शिसु डाक्टर किशोर परियाले औषधि सेवन गराई गर्बमा तुहिएको पाँच महिनाको शिसु निकाली आमको ज्यान बचाएका थिए भने उनको उपचारका लागी लाग्ने खर्च पनी बिदेसमा रहेका नेपालीले बिभिन्न ठाँउबाट १ लाख १० हजार रकम पठाएको भएपनी अनन्त अस्पताल बाट रिर्फर गरी घर जाने क्रममा बाटोमा हिड्दा हिड्दै गरेका बेला एक्कासी दुई पटक बान्ता गरेको र घर पुग्न बित्तिकै एकासि मृत्यु भएको उनका पति धर्म राज बुढा बताउछन । उनका उनसार डाक्टरले केही दिन अस्पतालमै राख्ने भने पनी घरमा छोरा छोरीको मायाले सताएको भनी जाने भने पछी घरमा पुग्दा पुग्दै मंगल बार राति आठ बजे एक्कासी मृत्यु भएको हो ।

घरमा एक छोरि  पाँच बर्षको र दुई छोरा  १० बर्ष र आठ बर्षको भएपनी आमको मृत्युले  उनको लालन पालनमा बाबु धर्म राज लाई गारो हुने भयो घरमा अरु कोही छैना बाबुले अर्काको मजदुरी गरेर यो भन्दा अघि घर चालाउने गरेको थियो अब घरमा नबालकको हेरचाहा गर्नेकि बिहान बेलुका उनि लाई खाने खान जुटाउनेहो आमा भनेकै आमा हुन बालबालिकाको बेहाल हुने भयो पत्निको उपचारका लागी गाउले बाट १ लाख ऋण गाडेर उपचार गरेको भएपनी बचाउन सकिएन यता अस्पतालको बाँकि रुपैया कसरी तिर्ने बिदेसमा बस्ने दानि नेपाली दाजु भाईले पठाएको १ लाख १० हजार मध्ये रकम ६० हजार तिरे पनी अझ १० हजार बाँकि छ रे बच्चा लाई कसरी हुर्काउछन योस्तो कसैलाई नपरोस भन्छन रोवा ७ सोवा गाँउका भैरब बुढा । 

0 comments

बिचार लेख्नुहोस्..