मुगुमा स्थानीय उत्पादनको सहकारी पसल स्थापना

मुगु न्युज डट कम,भाद्र ३ मुगु-
 सदरमुकाम गमगढीमा स्थानीय उत्पादनका दैनिक उपभोग्य वस्तु र अन्य स्थानीय उत्पादन समेटेर सहकारी पसल स्थापना गरिएको छ ।
बजारमा आयातित वस्तुले बजार लिएको , स्थानीय उत्पादनको उपभोग तथा उत्पादन हराउदै गएको भन्दै स्थानीय उत्पादनलाई वृद्धि गराउने उदेश्यले सहकारी पसल सुरु गरेको हातेमालो सामुदायिक विकास कृषि तथा जडिबुटि सहकारी संस्था लिमिटेड मुगुका अध्यक्ष शंक बहादुर बुढाले बताए ।
 सहकारी पसलमा स्थानीय स्तरमा उत्पादन गरिएका खाद्य वस्तु रातो चामल, सिमी, फापर ,  चिनो कागनो, मार्से,मकै, चौरीको घिऊ, मह तथा भेडा खसिको ऊनबाट निर्मित राडी पाखी,लिउ,फेरुवा,गलबन्दि लगायतका स्थानीय उत्पादन राखिएको छ ।
रोवा गाविसको शोभा गाउँमा स्थापना २०६८ सालमा स्थापना गरिएको सहकारीले अहिले सदरमुकाममा स्थानीय उत्पादनको सहकारी पसल स्थापना गरे पछि जिल्ला बाहिर र देश बाहिरबाट आउने पाहुनाहरुले  जिल्लाको नासो स्वरुप स्थानीय उत्पादन लिएर गएमा जिल्लाको उत्पादनको प्रचार प्रसार हुने अवसर समेत सृजना हुन सक्ने सहकारीका पदाधिकारीहरको विश्वास छ ।


0 comments

बिचार लेख्नुहोस्..