खत्याडमा रुगा खोकिको प्रकोप बढ्दो
पुष्पा शाही
श्रावण २९ ,रातापानी-
जिल्लाको पश्चिम क्षेत्रको खत्याड भेकमा गएको हप्ता दिन देखि रुघा, खोकि , ज्वरोको प्रकोप बढ्दै गएको छ ।
एक हप्ता देखि फैलिएको प्रकोपका कारण विशेष गरेर कोट डाँडा, ह्याँग्लु र सुकाढिक गाविसका बालबालिका र बुढा बुढी प्रभावित भएका छन । रुगा खोकिसंगै ज्वरोको प्रकोप समेत बढे पछि जिल्ला स्वास्थ्य कार्यालय मुगुले प्रकोप प्रभावित क्षेत्रमा औषधी पठाए पनि प्रकोप नियन्त्रण हुन सकेको छैन ।
अहिले पनि प्राथामिक स्वास्थ्य केन्द्र रातापानीमा दैनिक १५। २० जना विरामी आउने गरेका र जस मध्य बालबालिकाको संख्या बढि रहेको प्राथामिक स्वास्थ्य केन्द्रका निमित्त ईन्चार्ज दिप बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सवै भन्दा बढि विरामी नखर्जीबाट आउने गरेका छन ।
अहिले प्राथामिक स्वास्थ्य केन्द्रमा कार्की र एक जना अनमि मात्र कार्यरत रहेका छन । प्रकोप बढेको खबर आए पछि तिन वटा गाविसमा रहेका स्वास्थ्य संस्थाका लागि अलग अलग औषधी पठाएको र प्रकोप नियन्त्रण हुन नसकेमा तथा औषधी आवश्यक परेमा तत्काल त्यस क्षेत्रमा खटिने गरि स्वास्थ्यकर्मिको टोलि तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त प्रमुख परशुराम नेपालीले बताए ।

0 comments
बिचार लेख्नुहोस्..