सडक दुर्घटनामा दुईको मृत्यु

केशव कोईराला
कालिकोट
श्रावण १८
बिहीबार राति जुविथा गाविसको टिमुरेमा ट्रक पल्टिँदा चालकसहित दुईको
मृत्यु भएको तथा एक जना घाइते भएका छन् ।                                         सदरमुकामबाट १३ कोस टाढापर्ने जुविथा गाविसको टिमुरे भिरमा ध१ख ४५७ नंको ट्र्याक्टर पल्टिँदा मृत्यु
हुनेमा दाङ तुलसीपुर नगरपालिका–८ का ३५ वर्षीय ट्र्याक्टरचालक सन्तोष
चौधरी र कास्की हंसपुर(३ निवासी हाल कालिका उच्चमावि श्रकिोट मुगुमा अध्यापन
गराउँदै आएका ४५ वर्षीय राजेन्द्र न्यौपाने रहेका छन . त्यसैगरी सुर्खेत पिपराचोक घर
भएका सहचालक राजु विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकाटले जनाएको
छ । घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।              
  सुर्खेतबाट
जुम्ला सामान बोकेर जाँदै गर्दा टिमुरे भीरको उकालामा चढ्न नसकेपछि पछाडि
फर्काउन खोज्दा सडकभन्दा ट्र्याक्टर ५० मिटर तल तिला नदीमा खसेको प्रहरी
निरीषक मेघनाथ  चापागाईले बताउनु भयो । घटनास्थलमा संचार पहुँच नभएका
कारण त्यस क्षेत्रमा शुक्रवार बिहान प्रहरीको टोली पुगेको र घाइतेसहित शव
जिल्ला अस्पतालमा ल्याइएको  छ ।


0 comments

बिचार लेख्नुहोस्..