पोषणमा नमुना गाउँ
मुगु न्युज डट कम
श्रावण १९
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकलाई हेर्दा जिल्लामा कुपोषण हुने बालबालिकाको तथ्यांक २४ प्रतिशत रहेको छ । तर सदरमुकाम नजिकको एक गाउँमा कुपोषण हुनेको संख्या शुन्य रहेको छ ।
झण्डै एक दशक अघि श्रीनगर गाविस वडा नम्बर ८ हेर्निकाँध गाउँमा गरिवी निवारण कोषको आर्थिक सहयोग तथा सप्रोसा नेपालको प्राविधिक सहयोगमा व्यवसायिक तरकारी खेति सुरु गरिए पछि १६ घर धुरीका स्थानीयवासीहरुको दैनिक जिवन स्तर सुधार हुनुका साथै स्वास्थ्यमा समेत ठुलो परिवर्तन आएको छ । १६ घर धुरीमा पाँच वर्ष मुनिका डेढ दर्जन बालबालिका रहेका छन । उनिहरु स्वास्थ्यका हिसावले तन्दुरुस्त रहेको स्थानीय वासीले बताए ।
व्यवसायिक तरकारी खेतिले आय आर्जनसँगै विहान वेलुकि नियमित र पर्याप्त सन्तुलित आहार उपभोग हुने भएका कारण बच्चाहरु स्वस्थ देखिएका हुन । स्वास्थ्य संस्थामा बालबालिकालाई स्वास्थ्य परिक्षण गराउन लिदा अन्य गाउँका बालबालिकाहरु कुपोषित भेटिएका र उनिहरुले पलम पिनट ( कुपोषित बालबालिकालाई खुवाईने पोषण युक्त ) लिटो लिने गरेको महिला स्वास्थ्य स्वंयम सेविका राम लक्ष्मी रोकायाले बताईन ।
व्यवसायिक तरकारी खेति सुरु गरिए पछि गाउँमा धुम्रपान गर्नेको संख्या समेत पचास प्रतिशतले घटेको स्थानीयवासीलेबताएका छन । तरकारी खेति गर्नु अगाडी हिउँदमा बाँझो रहने र वर्षामा काचो(तमाखु) लगाउने बारीमा बाह्रै महिना तरकारी खेति हुन थाले पछि यस्तो देखिएको हो ।

0 comments
बिचार लेख्नुहोस्..