प्रशासन द्धारा विमानस्थलको अनुगमन

मुगु न्युज डट कम,
श्रावण
ताल्च विमान स्थलमा भईरहेको निर्माण कार्यको शनिबार जिल्ला प्रशासन कार्यालयद्धारा अनुगमन तथा निरिक्षण गरिएको छ ।
 विमान स्थलको स्तरोन्नती गरि छिटो भन्दा छिटो कालोपत्रे गर्नका लागि धावनमार्ग सम्याउने कार्य भईरहेको छ । गएको असार १५ गते देखि पुर्ण रुपमा विमान स्थलमा हवाई उडान बन्द गरि भदौ महिना भित्र विमानस्थलको धावन मार्गमा गिट्टि राख्नेकाम सम्पन्न गर्ने भनिए पनि प्रतिकुल मौसमका कारण काम ढिलाईभईरहेकोछ ।
 यो भन्दा अगाडी विमान स्थलको निर्माण कार्यको जिम्मा लिएको ठेकेदार कम्पनिले विमान स्थलको कालो पत्रे आगामी फागुनबाट मात्र हुने र दशै अगाडीसम्म विमान स्थलको धावन मार्ग सम्याएर केहि महिनाका लागि हवाई सेवा सुचारु गर्ने जनाएको थियो ।
 जिल्ला प्रशासनबाट गएकको अनुगमन टोलीले छिटो भन्दा छिटो धावन मार्गको काम सकाएर हवाई सेवा सुचारु गराउन निर्देशन दिएको र मौसमले साथ दिए भदौंको पहिलो हप्ता भित्र हवाई सेवा सुचारु हुन सक्ने निर्माण कम्पनिले बताएको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए ।

0 comments

बिचार लेख्नुहोस्..