मृत्युसँग लड्दै लछिमा
मुगु न्युज डट कम,
श्रावण १९ -
दईदिन देखि सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल मुगुमा पुगेकि रोवा गाविस वडा नम्बर ९ कि लछिमा बुढा अहिले मृत्युसंग लडिरहेकि छन ।
विहिबार सदरमुकाम देखि ४ घण्टा टाढा पर्ने शोभा गाउँमा बुढालाइई व्यथा लागे पनि शुक्रबार मात्र उनलाई जिल्ला अस्पताल मुगुमा ल्याईएको थियो । बुढालाई जिल्ला अस्पतालमा ल्याईए पनि चार महिनाको शिशु गर्भमा नै मरेको र शल्य क्रिया गर्नु पर्ने तथा अस्पतालमा डाक्टर र रगत अभाव भएका कारण जिल्ला बाहिर लैजान रिफर गरिए पछि कमजोर आर्थिक अवस्था भएका उनका परिवारले सदरमुकाम गमगढी स्थित निजी क्षेत्रको रारा अस्पतालमा राखेका छन ।
बुढाको गर्भमा रहेको चार महिनाको शिशुको मृत्यु भएको रारा अस्पतालका डाक्टर किशोर परियारले बताए पनि रगत अभावका कारण शनिवारसम्म शल्यक्रिया हुन नसक्दा बुढाले अस्पतालको शैयामा मृत्युसंग लडिरहेकि छन ।
शल्यक्रिया गर्दाशरिरमा १२ देखि १४ प्रतिशत रगत हुनु पर्ने भए पनि मृत्युसंग लडिरहेकि बुढाको शरिरमा ४ प्रतिशत मात्र रगत भएको र खोजि गर्दा पनि कतै रक्तदाता नभेटिएकाले बुढाको शल्यक्रिया गर्न नसकिने डाक्टर परियारले बताए ।
जिल्ला अस्पतालमा रक्त संकलन केन्द्र नाम मात्रको रहेको तथा त्यसको विकल्प विरामीसं ग रगत मिल्ने व्यक्ति को खोजि गरि तत्काल रगत दिने गरि रेडक्रसले रक्त सञ्चार केन्द्र स्थापना गरे पनि रक्त दान गर्ने हरुको नाम मात्र संकलन गर्ने कार्य भईरहेको छ ।
विगत दुई महिना देखि मौसम प्रतिकुल रहेकाले हवाई सेवा पुर्ण बन्द रहेको छ भने गम्भिर अवस्थाका विरामीलाई जुम्ला र बाजुराबाट नेपालगञ्ज तर्फ लिन समेत समस्या छ । अर्को तर्फ आर्थिक अवस्था कमजोर भएकाहरुले हेलिकप्टर चार्टड गर्न सक्ने अवस्था समेत छैन ।

0 comments
बिचार लेख्नुहोस्..