विवाद मिलाउन खोज्दा प्रहरी चौकि भित्रै झडप


मुगु न्युज डट कम,
भदौ १३ मुगु -
पिना गाविसको आरुखाडा भन्ने स्थानमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका दुई घरको आपसी विवाद मिलाउन प्रहरी चौकि पिनामा पुगेका दुवै पक्षका आफन्तहरुले चौकि भित्रै कुटाकुट गरेका छन ।
होटेल व्यवसाय गर्ने पिना गाविस वडा नम्बर ७ कोटिला गाउँका कृष्ण बहादुर रावल र वडा नम्बर ९ पिना गाउँकि गोईली साहनी बिच बुधवार वेलुकि विवाद भई झगडा भएपछि विहिवार विहान दुवै पक्षलाई मिलाउन प्रहरी चौकि पिनामा ल्याईएको थियो । प्रहरीले दुवै पक्षको विवाद मिलाउन खोजे पनि साहनीका आफन्तहरु चौकिमा पुगेर ढुंगा मुढा गरेपछि झडप भएको थियो । झडपमा के कति क्षति भयो भन्ने प्रहरीले कुनै जानकारी दिएको छैन । झडप चौकिमा रहेको प्रहरीले रोक्न नसके पछि जिल्लाबाट नै थप सुरक्षाकर्मि खटाईएको हो ।
 विवाद मिलाउन चौकिमा पुगेका दुवै पक्षका आफन्तहरु विच चौकि भित्र नै झगडा भए पछि ताल्च विमान स्थल, प्रहरी चौकि चैन र जिल्ला प्रहरी कार्यालय मुगुबाट एक दर्जन बढि प्रहरी खटाए पछि विवाद साम्य भएको जिल्ला प्रशासन कार्यालय मुगुका निमित्त प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए ।
सदरमुकाम देखि दुई घण्टा टाढा रहेको उक्त प्रहरी चौकिमा दुई पक्षको झगडा नभई साहनीका आफन्तहरुले रावल पक्षलाई कारवाही नगरि उल्टो पिडीत साहनीलाई थुनेको भन्दै प्रहरी चौकिमा ढुंगा मुढा गरेको स्थानीयवासीले बताए । विहिवार दिउसोसम्म पनि झडप नरोकिए पछि झडप साम्य पार्न जिल्लाबाट थप सुरक्षाकर्मि परिचालन गरिएको बताईएको छ । रावल र साहनीको आपसी विवाद बढ्दै गए पछि रावलका परिवारले साहनीलाई बुधवार कुटपिट गरेको साहनीले बताईन । साहनीले आफु माथी कुटपिट भएको दावी गरे पनि सामान्य विवाद भएको र साहनी एकै चोटि प्रहरी चौकिमा पुगेको रावलले बताए ।

0 comments

बिचार लेख्नुहोस्..