छाउ पडी प्रथा विरुद्ध जिल्ला स्तरिय समन्वय समिति गठन
मुगु न्युज डट कम,
भदौ १३ मुगु-
जिल्लामा व्याप्त रहेको छाउपडी (छुई) प्रथा तथा महिला माथी हुने सवै प्रकारका विभेद न्युनिकरण गर्न जिल्ला स्तरिय समन्वय समिति गठन गरिएको छ ।
जिल्ला विकास समिति संयोजक रहने गरि १५ सदस्यीय समन्वय समिति गरि जिल्लामा रहेको छाउपडी प्रथा र महिला माथी हुने विभेद न्युनिकरण गर्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । छाउपडी प्रथा उन्मुलन सम्बन्धि निर्देशिका २०६४ अनुसार जिल्ला प्रशासन कार्यालय मुगु , शिक्षा, स्वास्थ्य, प्रहरी कार्यालय सदस्य रहेका छन भने महिला तथा बालबालिका कार्यालय सदस्य सचिव रहेको महिला तथा बाल बालिका कार्यालयले जनाएको छ ।
पहिलो चरणमा जिल्लाका २४ वटा गाविस मध्य कार्कीवाडा, पिना, रोवा, रुगा र रारा गाविसमा छाउपडी प्रथा उन्मुलनका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने भएको छ । कार्यक्रमको पहिलो चरण अन्र्तगत यि गाविसहरुमा गाविस सचिवको संयोजकत्वमा गाविस स्तरिय निगरानी समिति समेत गठन गरिएका छन । समितिमा विशेष गरि धामी , झाँक्रि, आमा समुह, वडा नागरिक मञ्चका प्रतिनीधी रहेका छन । जिल्लामा विशेष गरि महिलाहरु छुई हुँदा घर भन्दा अलग बसाल्ने , सात दिन नहुँदासम्म घर भित्र पस्न नदिने, छुई भएको वेला दहि, दुध, घिऊ खान बन्देज गर्ने, फलफुलका बोट छुन नदिने परम्परा ब्याप्त रहेको छ । छुई भएका महिलाहरुले पानीका मुल छोए, घर भित्र पसे वा धामी झाँक्रिलाई छोएमा देवता रिसाएर अनिष्ट हुने परम्परा कायम छ ।
जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, महिला तथा बालकालिका कार्यालयमा यस सम्बन्धि निर्देशिका नभेटिए पछि छाउपडी प्रथा उन्मुलनका लागि डिएफ आई डिको आर्थिक सहयोगमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने जिम्मा पाएको हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक नामक स्थानीय गैर सरकारी संस्थाले काडमाण्डौबाट निर्देशिका ल्याउनु परेको जनाएको छ ।
जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी जानक बहादुर मल्ल र महिला विकास अधिकृत अनिता ज्ञवालीले निर्देशिकाका विषयमा आफुलाई कुनै जानकारी नभएको बताए ।
0 comments
बिचार लेख्नुहोस्..