पहिरोको त्रासले रातभर जागरुप हुने गर्छन मेलबाडा बासी

जीबन सेजुवाल
मुगु १६ भदौ, दुई बर्ष देखि लगातार बर्षायाममा  जाने गरेको बर्षाले सदरमुकाम गमगढी देखि दुई घण्टा टाढाको रोवा गाबिस ९ का १२ घर धुरीका दलित हरु अहिले पनि कुनै बेला बस्तिनै पहिरोमा पर्ने डरले रात भर जागरुप हुने गरेका छन।
रोवा गाबिस वडानम्बर ९ मेल बाडाकामा बस्दै आएका १२ घर धुरीका ४० भन्दा बढी जना संख्या रहेको दलित बस्तिमा बिगत दुई बर्ष देखि लगातार बर्षायाममा जाने पहिरोले कुनै पनि बेला पुरै बस्तिलाईनै गाँउको किनाराम बग्ने मुगु कर्णालीमा एकै चिहान गर्ने होकि भन्ने त्रासले रात भर जागरुप बस्ने गरेका हुन ।
०६८ साउनमा गएको पहिरोले १२ घर धुरीको पुस्तौ देखि कमाई खाँदै आएको गाँउ वरिपरी रहेको जग्गाजमिन पहिरोले नामनिसानानै मेटाएपछी कमाई खाने जग्गा बिहिन भएका मेलबाडा बासी अहिले बर्षेनि पहिरोले बस्दै आएको बस्ति पनि कटान हुदै आएपछी दिउसत भाग्न सकिएला रातिको समयमा कुनै पनि बेला मुगु कर्णालीमा  घर सहित पुगिने त्रासले रात भर जागरुप बस्ने गरेको नन्द नेपाली बताउछन ।
बर्षेनि जाने पहिरोले कमाई खाने जग्गाको नामनिसाननै मेटाउने र बस्ने बास समेत खतरामा भएकोले अर्को ठाउमा बसाई सराई गर्ने गाउलेको जग्गा पनि नभएकाले ज्यानको बाजि थापेर बाध्य भएर बस्नु परेकाले आफु हरुको उचित बासका लागी पहल गरिदीन भनि जिल्ला प्रसासन कार्यलयमा दुई बर्ष अघिनै १२ घर धुरीले संयक्त रुपमा निबेदन दिएको भएपनी कहिकतै बाट अहिले सम्म पहल नगरीदिएको मेलबाडाका अगुवा बल चन्द्र बिक बताउछन ।
 पहिरोको डरले र घरको जग्गा भएकाले गाँउनजिक रहेको लुम्स खोलामा चार पाँच जनाले घर बनाएर बसोबास गरेका भए पनि अरु सबै ज्यानको बाजि थापेर हिउद बर्षा पहिरोको जोखिममा बस्दै आएका यहाँका बासिन्दा लाई उचित स्थानमा बसाउनका लागी सम्बन्धित निकायमा गाबिस बाट बेला बेला सिफारीस गरेको भएपनी कतै बाट पहल हुन नसकेको रोवा गाबिसका सचिब जगत रोकायाको भनाई रहेको छ ।
बस्तिको शिर देखि मुगु कर्णाली सम्म गएको झण्डै तिन सय मिटर लामो पहिरोले मेल बाडा गाँउ मात्र जोखिममा नभई संगै रहेको ५० घरधुरी रहेको वडानम्बर ९कै  क्षेत्रि हरु बसो बास गर्ने कम्फा गाँउ समेत उच्च जोखिममा रहेकोछ भने पहिरोले करान भेगका पाँच गाबिसका बासिन्दा लाई समेत आवत जावतमा बर्षा याममा बाधा पुग्ने गरेको छ । जिल्लाका २४ गाबिस मध्ये पहिरोको उच्च जाखिममा रहेको यो गाबिसको यो वडाको कुनै पनि बेला पहिरोले नामनिसाननै मेटाउने देखिएको भएपनि तत्काल तडबन्धन र रोक थामको लागि कसैले चासो नदेखाएको यहाँका बासिन्दाको गुनासो रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..