दुई हप्ताका लागि जिल्ला अस्पतालमा डाक्टर
मुगु न्युज डट कम,
श्रावण २५-
लामो समय देखि डाक्टर विहिन बनेको जिल्ला अस्पताल मुगुमा दुई हप्ताका लागि डाक्टर पठाईएको छ ।
जिल्ला अस्पतालमा डाक्टर नहुँदा मुगाली जनता स्वास्थ्य सेवाबाट बञ्चित भएका, गर्भवति महिलाको ज्यान खतरामा भन्ने समाचार निरन्तर बाहिर आए पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बाट डाक्टर प्रशान्त कडेंललाईदुई हप्ताका लागि काजमा जिल्ला अस्पताल मुगुमा पठाईएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार प्रतिष्ठानले काज खटाए पछि डाक्टर कडेल शुक्रबार मुगु पुगेका हुन ।
जिल्ला अस्पताल मुगु आएका डाक्टर कडेलको काज सकिए पछिको विकल्प के गर्ने भन्ने विषयमा प्रतिष्ठानका रजिष्टार श्याम लम्सालले भने हामीसंग एक दर्जन जति चिकित्सक जगेडा छन मन्त्रालयले निर्देशन गरे कुनै पनि वेला अस्पताल डाक्टर विहिन हुन दिदैनौ । त्यो व्यवस्था प्रतिष्ठानले मिलाउन सक्छ ।
जिल्ला अस्पतालमा नवौं तहको मेडिकल सुपरिटेण्डेन्टको दरबन्दि भए पनि अहिले सम्म यो पदमा कोही आएका छैनन भने अर्को एमविविएस डाक्टरको दरवन्दिमा आउने डाक्टर पनि ६ महिना वर्ष दिन बसेर हिडे पछि फेरि फर्किएका छैनन । दुई महिना अघि जिल्ला अस्पताल मुगुमा अस्थायी दरबन्दिमा कार्यारत डाक्टर अर्जुन भट्ट र करार सेवामा कार्यारत डाक्टर प्रणव भण्डारी लोक सेवा आयोग दिन हिडेपछि जिल्ला अस्पताल डाक्टर विहिन बनेको थियो ।

0 comments
बिचार लेख्नुहोस्..