लछुमाको उपचार सहयोग जुटदै / अहिलेसम्मको खर्च ६० हजार

मुगु न्युज डट कम
श्रावण २५
 एक हप्ता देखि गमगढी स्थित रारा अस्पतालमा उपचार गराई रहेकि रोवा गाविस वडा नम्बर ७ शाभा कि लछुमा बुढाको उपचारका लागि विभिन्न निकायबाट सहयोग जुटाउने कार्य जारी रहेको छ ।
 चार महिना बढिको शिशु गर्भमा नै मरेको अवस्थामा जिल्ला अस्पताल मुगुमा  पुगेकि  बुढा को जिल्ला अस्पतालमा चिकित्सक नहुँदा उपचार हुन नसकि गमगढी स्थित रारा अस्पताल प्रालिमा ल्याईएको थियो ।
 आर्थिक स्थिति कमजोर भएकि बुढाको उपचार गर्न निकै कठिन रहेको तथा ज्यान समेत खतरामा रहेको रारा अस्पतालका चिकित्सकले बताए पछि झन समस्या परेको थियो । उनका बारेमा आईतबारका अखबारमा समाचार प्रकाशित भए पछि नेपालबाट विदेशमा पढ्न गएका  विद्यार्थीहरुले उपचार सहयोग सुरु गरे पछि अहिले पनि सहयोग जारी रहेको छ ।
यो भन्दा अगाडी नर्वेबाट विभिन्न स्थानमा अध्ययनरत नेपाली विद्यार्थीबाट सहयोग संकलन गरि ३८ हजार ९ सय ६२ रुपैयाँ सहयोग गरेका कुमार लामिछानेले शुक्रबार २७ हजार ४ सय ९६ रुपैयाँ थप उपचार सहयोग रकम पठाएका छन । अहिलेसम्म विदेशमा रहेका नेपाली विद्यार्थीले पठाएको रकम १ लाख १ हजार ४ सय ५८ पुगेको छ । जस मध्य लछुमालाई ३७ हजार पाँच सय , सहयोग गर्ने विद्यार्थीहरुको आग्रहमा रुगा गाविस वडा नम्बर ४ कि १८ वर्षिया पिकिंलावडलाई पाँच हजार र लामो समय देखि  नसा सम्बन्धि रोगले थला परेका जिमा गाविस वडा नम्बर ९ का ५१ वर्षीय गोरा कामीलाई जुम्ला सम्मको खर्च तिन हजार गरेर ४५ हजार ५ सय सहयोग प्रदान गरि सकिएको छ ।
 लछुमाका लागि नागरिक समाज पोखरा, मुगु उद्योग बाणिज्य संघ, असल छिमेकि नेपा मुगुले उपचारमा सहयोग गर्ने जनाएका छन । रारा स्थित नेपाली सेनाको दुर्गा भञ्जन गुल्मले केहि खाद्यन्न र पाँच हजार बुढाकोलागि उपचार खर्च प्रदान गरिसकेको छ ।
रारा अस्पतालमा उपचाररत बुढाको स्वास्थ्य अवस्था अझै खतरामुक्त नरेहको रारा अस्पताल प्रालिले जनाएको छ । उन उपचारका लागि हालसम्म ६० हजार खर्च लागेको छ भने अझै खतरा मुक्त भई नसकेकाले हप्ता दिन बढि अस्पतालमा नै राख्नु पर्ने अस्पतालले जनाएको छ । बुढाको उपचारका लागि आवश्यक समन्वय नेपाल पत्रकार महासंघ मुगु शाखाले गरिरहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..