सार्वजनिक वन खन्न खोज्ने पक्राउ

मुगु न्यज डट कम,
श्रावण २७-
 सदरमुकाम नजिकको सामुदायिक बनमा जग्गा बनाउन खोज्ने एक जनालाई आईतवार प्रहरीले पक्राउ गरेको छ ।
 श्रीनगर गाविसको वडानम्बर १ देखि ४ नम्बर सम्म छत्यालवाडाको अधिकार क्षेत्र भित्र पर्ने दश शैया रानीवनमा जग्गा बनाउन खाज्ने वडा नम्बर ४ निवासी टोप बहादुर हितान र जग्गा खन्ने काममा खटिएका मजदुरलाई आईतवार अपरान्ह प्रहरीले पक्राउ गरेको हो ।
 दश सैया सामुदायिक बन उपभोक्ता समितिले जिल्ला प्रशासन कार्यालय मुगुमा निवेदन दिए पछि सामुदायिक बन खन्न खाज्नेलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलिले जानकारी दिए ।
 सामुदायिक वन भित्रबाट सडक खने यता जंगलको छेउछाउबाट अतिक्रमण हुदै गएको छ । सामुदायिक वन मास्नमा स्वयम समुदाय नै लागे पछि त्यसको नियन्त्रण गर्न समस्या भईरहेको छ । सदरमुकामसंगै जोडिएको बन अतिक्रमण त रोक्न नसकिएको अवस्थामा सदरमुकाम बाहिरका सामुदायिक वनको अवस्था झन दयनिय बन्दै गएको छ । जिल्ला बन कार्यालयले राष्टिय वनलाई सामुदायिक बनमा हस्तान्त्रण गरे पछि यस्तो समस्या देखिएको हो । अहिलेसम्म जिल्ला भरिमा वन कार्यालयले ८२ वटा सामुदायिक वन हस्तान्त्रण गरिसकेको छ ।

0 comments

बिचार लेख्नुहोस्..