सडक मर्मत का लागि पहल गरिदिन बाणिज्य संघको आग्रह

मुगु न्युज डट कम,
श्रावण २८,मुगु-
 लामो समय देखि जिल्लामा सडक यातायात बन्द भएका कारण बजारमा दैनिक उपभोग्य बस्तुको अभाव बढ्दै गएका र उपभोक्ता मारमा परेको भन्दै वर्षाका कारण ठाउँ ठाउँमा भत्किएको सडक मर्मत गरिदिन सम्बन्धित निकायमा पहल गरिदिन मुगु उद्योग बाणिज्य संघले अनुरोध गरेको छ ।
 लामो समय देखि सडक अबरुद्ध हुँदा गमगढीमा दैनिक उपभोग्य वस्तु तथा अन्य व्यापारिक सामानको अभाव संगै मुल्य वृद्धि हुन थालेको भन्दै  जिल्ला विकास समिति मुगु, जिल्ला प्रशासन कार्यालय मुगुतथा नेपाल उद्योग बाणिज्य संघ केन्द्रिय कार्यालय मार्फत भत्किएको सडक मर्मत गर्न सडक विभागलाई अनुरोध गरिदिन संघले आग्रह गरेको छ ।  आईतवार साँझ बसेको संघको बैठकले त्यस्तो निर्णय गरिएको संघका अध्यक्ष नरविर रावतले जानकारी दिए ।
 वर्षाका कारण ठाउँठाउँमा सडक भत्किएर अबरुद्ध भए पछि केहि दिन अगाडी मात्र जिल्ला स्थित राजनितिक दलका प्रतिनीधी, जिल्ला प्राविधिक कार्यालयका प्राविधिक र उद्योगि व्यापारीको संयुक्त अनुगमन टोलिले भत्किएको सडक मर्मत गर्न आठ लाख बढि खर्च लाग्ने प्रतिवेदन बुझाएको थियो ।
असार पहिलो साताबाट वर्षा सुरु भए पछि नाग्म गमगढी सडक खण्ड अन्र्तगत सिंजाको जिअ गाउँ देखि गमगढी सम्मको सडक दर्जन भन्दा बढि स्थानमा भत्किदा गाडी बन्द भए पछि गमगढीका लागि सुर्खेत नेपालगञ्जबाट व्यापारिक सामान बोकेर आएका गाडी गोठि जिउला , नाग्ममा रोकिएका छन । सुर्खेतबाट दैनिक उपभोग्य वस्तु र अन्य व्यापारिक समान बोकेर आएका छ वटा मालबाहक गाडी सिंजाको गोठि जिउला र नाग्ममा दुई महिना देखि रोकिएका गमगढीका स्थानीय व्यापारी रवि रावतले बताए ।
 अहिले बजारमा चामल , चिउरा, मैदा, चिनी लगायतका दैनिक उपभोग्य बस्तुको अभाव भईरहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..