गुलरिया बजार भित्रै चितुवाको आक्रमण, २ घाईते
गुलरिया, २९ साउन ।, बर्दिया सदरमुकाम गुलरियामा दिनदहाडै चितुवाको
आक्रमणबाट २ जना घाईते भएका छन् । आज बिहान ११ बजे तिरको समयमा वडा नम्वर
६ मा एक्कासी देखा परेको चितुवाले आक्रमण गर्दा स्थानिय २१ वर्षिय कृष्ण
गुप्ता र जनज्योती उच्च मावि गुलरियामा कक्षा ६ मा अध्यनरत १२ वर्षिय
शुशिल चन्द घाईते भएका हुन् ।
घाईते चन्दलाई थप उपचारका लागी नेपालगन्ज ल्याईएको छ भने गुप्तालाई
सामान्य उपचार पछि घर पठाईएको छ । उनीहरुलाई आक्रमण गरे लगत्तै नजिकै
रहेको दलित महिला उत्थान संघको कार्यालयमा प्रवेश गरेको चितुवालाई
स्थानियले कार्यालयभित्रै थुनेका छन् । चितुवाबीच बजारमै प्रवेश गरेपछि
गुलरिया बजारमा आंतक मच्चिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..