विदामा गएका शिक्षक नफर्किदा विद्यालय बन्द
पुष्पा शाही,
मुगु न्यज डट कम,
श्रावण २५-
असार पहिलो हप्ता देखि वर्षेविदामा गएका सरकारी विद्यालयका शिक्षक नफर्किए पछि अहिलेसम्म विद्यालय खुल्न सकेका छैनन ।
जिल्ला शिक्षा कार्यालय मुगुले असार १५ देखि श्रावण १५ सम्म एक महिनाको वर्षे विदा गरे पछि असार १५ अगाडी नै हिडेका सरकारी विद्यालयका शिक्षकहरु श्रावणको अन्तिमसम्म पनि नफर्किदा खत्याड भेकका श्रीकोट , सेरी, खमाले, गम्था, कोटडाँडा, सुकाढिक र ह्याँग्लु गाविसका सरकारी विद्यालयहरु बन्द रहेका छन ।
प्राय गरि सरकारी विद्यालयमा जिल्ला बाहिरका शिक्षकहरु रहेका र उनिहरु विदामा गए पछि अहिले कमै मात्र विद्यार्थी विद्यालयमा पुग्ने गरे पनि दिन भरि चौरमा खेलेर फर्किने गरेका छन । स्थानीय शिक्षकहरुले समेत विद्यालय खोल्ने हाजिर गर्ने र बन्द गर्ने बाहेक अरु काम गरेका छैनन ।
सदरमुकाम र त्यस आसपासका विद्यालयहरु खुलेका भए पनि भेक क्षेत्रका अधिकाँश विद्यालयहरुमा कार्यालय सहयोगि, बाल विकास केन्द्रका सहयोगि कार्यकर्ताका भरमा छन ।

0 comments
बिचार लेख्नुहोस्..