अवैध रुपमा नेपाल आउने तिव्वतियन महिला पक्राउ

 हुम्ला ,साउन २४ -
अवैध रुपमा हुम्लाको सिमाना हिल्सावाट नेपाल हुदै धर्म गुरु दलाइ लामा भेट्न जान खोज्ने तिव्वतियन महिलालाइ मुचु प्रहरीचौकीले प्रकाउ गरि अध्यागनमा पठाएको छ ।
तिव्वतको सिनचान जिल्लाकी ३१ वर्षिया याडोल्मा लामा नामकी ती महिला सिमाना हिल्सावाट हुम्ला छिरेको वताएकी छिन् । नेपाली भाषा नजान्ने ति महिला हुम्लाका दलाल मार्फत मुचुमा आउदै गर्दा प्रहरीले फेला पारि नियन्त्रणमा लिएको प्रहरी प्रमुख डाक्टर मेख वहादुर खत्रीले वताउनु भएको छ ।
 सिमाना नजिकवाट फिर्ता पठाउदा कडा सजाय हुने भएकोले ति महिलालाइ अध्यागमनमा हवाइ जहाज मार्फत प्रहरीले काठमाडौं लगेको सहायक प्रमुख जिल्ला अधिकारी वम वहादुर केसीले वताएका छन् । अवैध रुपमा हुम्लाको हिल्सा नाकावाट तिव्वतियन नागरिक आफना धर्म गुरु दलाइ लामालाइ भेट्ने मुख्य नाका रहेको छ । वर्षैनी दर्जनौ तिव्बतियन नागरिक यहि नाकावाट भाग्ने गरेको पाइएको छ ।

0 comments

बिचार लेख्नुहोस्..