दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि/ उपभोक्ता मर्कामा
मुगु न्युज डट कम,
श्रावण २५-
मुगु उद्योग बाणिज्य संघले शुक्रबारबाट लागु हुने गरेर दैनिक उपभोग्य वस्तुको बजार मुल्य वृद्धि गर्दा उपभोक्ता मारमा परेका छन ।
बिहिवार वेलुकि बसेको मुगु उद्योग बाणिज्य संघको बैठकले नेपालगञ्जमा नै दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि भएकाले जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि गर्ने निर्णय गरेको हो ।
चामल, मैदा , आटा, तेल, चिउरा, लगायतका दैनिक उपभोग्य वस्तुमा पाँच देखि दश रुपैयाँसम्म मुल्य वृद्धि गरिएको छ । जेठ महिनाको अन्तिम साता देखि वर्षाका कारण सडक अबरुद्ध भए पछि गाडी नचल्दा बजारमा कृत्तिम अभाव श्रृजना गरि मुल्य वृद्धि गरिए पछि उपभोक्ता मारमा परेका छन । गाडी चल्दा गमगढीका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुतथा अन्य व्यापारी सामान पर्याप्त र सस्तो मुल्यमा जिल्ला ल्याए पनि वर्षाका कारण गाडी बन्द हुँदा सामान लुकाएर राखिएको केहि व्यापारी बताउछन । त्यसरी सामान लुकाई कृतिम अभाव श्रृजना गर्ने व्यापारीहरुको दवावमा संघले दैनिक उपभोग्य वस्तुको मुल्य र्वद्धि गरेको बझिएको छ ।
गाडी चलेको वेला कम मुल्यमा आएको सामान अहिले व्यापारीहरुले मुल्य वृद्धि गरेर बेचिरहेकाछन । सामानको ढुवानी भाडा बढेकाले बजार मुल्य वृद्धि गर्नु परेको मुगु उद्योग बाणिज्य संघका अध्यक्ष नरविर रावतले बताए ।
दैनिक उपभोग्य वस्तु र बजार मुल्य वृद्धि गरिएको आफुलाई कुनै जानकारी नभएको र अब सम्बन्धित सरोकारवालाहरुलाई बोलाएर छलफल गरिने जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताए । उनले भने त्यसरी उपभोक्तालाई मार पर्ने गरि मनपरि मुल्य वृद्धि गर्न पाईदैन के रहेछ म बुझ्छु।
यो भन्दा अगाडी बजार अनुगमन गर्दा प्राय पसलहरुमा मुल्य सुचि नराखिएको, म्याद सकिएका दैनिक उपभोग्य वस्तु तथा पेय पदार्थ भेटिदा बरामद गरिएको थियो ।

0 comments
बिचार लेख्नुहोस्..