रक्त सञ्चार केन्द्रमा ब्लड ब्यागको अभाव

 मुगु न्युज डट कम,
२४ साउन, नेपाल रेडक्रस सोसाईटी मुगु शाखाले बैषाख २५ गते ब्लड बैङ्क स्थापना गरेको भए पनि पर्याप्त मात्रमा आबश्यक सामग्री नल्याउँदा रगत  दिने र लिने दुबै लाई समस्या परेको छ ।
सुत्केरी  बेथा  लागेर  रगत अभाबका कारण दुई दिन सम्म रोवा गाबिस ७ निबासी २५ बर्षिया लछिमा बुढाको ज्यान मृत्यृको दोसाँधमा भएकै बेला नेपाली सेनाका जवानले रगत दिएर ज्यान बचाएको घटना सेलाउन नपाउदै २१ गते सुत्केरी  सुत्केरी भईसकेपछि जिल्ला अस्पतालमा रुगा गाबिस ४ निबासी  १८ बर्षिया पिकिं लावडको अत्याधिक रक्तश्राव भएपछी कार्की बाडा गाबिस बडा नम्बर ७ का तिन जना युवाले उन लाई चाहीने तिन प्वाईन्ट रगत दिएर ज्यान बचाएकोथिए ।   उन लाई चाहिने रगत दिने दाता भेट्टिए पनि अब रगत राख्ने प्लाष्टिक ब्याक नभए पछि पिकिं लगायत रगत दिनु पर्ने  अरु बिरामी हरुले पनि ठुलो समस्या बेहोर्नु पर्ने देखिएको छ ।
 रेडक्रस मुगु शााखाले बैशाष २५ गते बाट संचालनमा ल्याएको ब्लड बैङ्कका लागी आबश्यक पर्ने बल्ड ब्याक सकिए पछी  रगत दिनु पर्नेबिरामी आए थप समस्या हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यलय प्रमुख पशु राम नेपाली जानकारी दिए ।
 रक्त सञ्चार केन्द्र स्थापना भए लगत्तैरेड क्रसले रगत झिक्ने प्लाष्टिकका ब्याग  ल्याएको र अहिले एकै जनालाई धेरै रगत दिनु पर्ने भएकालेसकिए पछि तत्काल जुम्लाबाट १५ वटा झिकाईएको तथा एक सय थान नेपालगञ्जमा माग गरिएको नेपाल रेडक्रस मुगुका कार्यक्रम संयोजक  शंकर गौतमले बताए । जिल्ला स्वास्थ्य कार्यालय मुगुले तलब भार व्यहोर्ने र  प्राविधिक  सहयोग  रेडक्रसको हुने गरि एक जना ल्याव अशिष्टेन्ट असल मल्ललाई  राखिए पनि अहिले जिल्ला अस्पतालका ल्याव असिस्टेण्ट  विष्णु खत्रिले काम गरिरहेका छन ।  मल्लले अहिले गमगढीको एक निजी मेडिकलमा काम गरिरहेका छन ।

                             

0 comments

बिचार लेख्नुहोस्..