प्रधानाध्यापक र समितिको नटेर्ने शिक्षकका कारण विद्यालय सञ्चालनमा समस्या
मुगु न्युज डट कम,
भाद्र ३ मुगु-
रुगा गाविसको प्रकाश माध्यामिक विद्यालय लुममा कार्यारत शिक्षकले विद्यालयका प्रधाना ध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको कुनै पनि कुरा नमाने पछि विद्यालयमा किचलो बढेको छ ।
लामो समय देखि विद्यालयमा स्थायी दरबन्दिमा कार्यारत निम्न माध्यामिक तहका विज्ञान शिक्षक पवन महतोले प्रधाना ध्यापक , व्यवस्थापन समिति र विद्यालयका अन्य शिक्षकको समेत कुनै कुरा नमान्दा विद्यालयमा शिक्षकहरु बिच किचलो बढी पठन पाठन कार्यमा समेत बाधा पुग्ने देखिएको विद्यालयका शिक्षकले जानकारी दिए ।
महतोले विगत देखि नै कसैलाई नटेर्ने , अहंता देखाउने र आफुले सहदै आएको विद्यालयका प्रधानाध्यापक खेमानन्द शर्माले बताए । महतो निमित्त प्रधाना ध्यापक भएको वेला रारा क्याम्पस गमगढीबाट शिक्षण अभ्यासका लागि गएका तिन जना हुम्लाका विद्यार्थी अभ्यासमा सहभागि नभए पनि ९ हजार रकम लिएर राम्रोसंग अभ्यासमा सहभागि भएको सिफरिस गरेका थिए । यस्तो कुरा थाहा पाए पछि विद्यालय व्यवस्थापन समितिको बैठक बसि तत्काल रकम फिर्ता गर्न भने पनि महतोले नटेरेको ,अन्य काममा पनि त्यस्तै गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण सिंह कामीले बताए ।
गएको शनिवार छात्रावासमा वसेर अध्ययन गर्ने कक्षा दशका विद्यार्थीलाई अतिरिक्त कक्षा लिन छात्रावास ईन्चार्ज राजेश प्रसाद खत्रि र माध्यामिक तहका विज्ञान तथा गणित शिक्ष विनोद थपलियाले अनुरोध गरे पछि महतोले दुवै जनालाई आफु स्थायी शिक्षक भएकाले काम लगाउने तिमीहरु को हौ भन्दै विवाद गरेको प्रधाना ध्यापक शर्माको भनाई छ ।
आफुले १० मिनेट कक्षामा गएको र तिमीहरुले दुई घण्टा पढाएको पनि केहि नहुने, तिमी बच्चाहरुले के पढाउन सक्छौ भनेर अपहेलित हुने गरि बोलेको ईन्चार्ज तथा मावि तहका अँग्रेजी विषयका निजी स्रोतका शिक्षक खत्रिले बताए ।
आफु माथी शिक्षकहरुले अनावश्यक कुटपिट गरेको भन्दै महतोले नेकपा माओवादी सम्बद्ध अखिल नेपाल शिक्षक संगठनलाई गुहारेका छन । विद्यालयमा कार्यारत निजी स्रोतका शिक्षक खत्रि र थपलियाले महतोलाई कुटपिट गरेकोले त्यसमा संलग्न शिक्षकलाई कारवाही हुनु पर्ने तथा त्यस्तो कार्यको घोर भत्र्सना गर्दछौ भनेर जिल्ला शिक्षा कार्यालय मुगुमा पत्र पुगेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
विद्यालयमा विद्यार्थीको मनस्थिती विग्रने गरि शिक्षकहरुबिच त्यस्तो गतिविधि हुनु हुँदैन के कारणले त्यस्तो भएको हो हामी छानविन गर्छौ जिल्ला शिक्षा कार्यालय मुगुका निमित्त जिल्ला शिक्षा अधिकारी धनसुदन चौलागाईले बताए ।

0 comments
बिचार लेख्नुहोस्..