फोरम अध्यक्षद्धारा आफ्नै सचिव माथी दुव्र्यवहार


मुगु न्युज डट कम
भदौ १३ मुगु
 मधेशी जन अधिकार फोरम मुगुका अध्यक्ष देव प्रसाद बुढाले आफ्नै पाटीका सचिव उज्याली कार्कीलाई सोमवार वेलुकि दुव्र्यवहार गरेका छन ।
 सोमवार वेलुकि  २८ वर्षीया कार्कीको गमगढी बजार स्थित होटेलमा मदिरा सेवन गरेका बुढाले दुव्र्यवहार प्रयास गरेपछि कार्कीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पछि प्रहरीले सोमबार राती नै बुढालाई पक्राउ गरेको थियो ।
तर बुढाले आफुलाई कार्कीले शारिरीक दुव्र्यवहार गर्न खोजेको आरोप लगाएर फसाउन खोजेको बताए । उनले भने –मेरो लेनदेनका विषयमा कार्कीसंग विवाद भएको हो उनका आफन्तले आफुलाई अनावश्यक फसाउन खोजेका हुन ।
 मंगलवार दिउसो समाचार लिन सञ्चारकर्मि प्रहरी कार्यालयमा पुगे पनि प्रहरीले घटना सामान्य रहेको र मेलमिलाप भईसकेकाले समाचार बाहिर नल्याउन आग्रह गरेको थियो । जिल्लामा महिला हिंसाका घटना बढिरहेको र कानुनी प्रक्रिया अगाडी बढाउन राजनितिक दवावले समस्या पर्ने गरेको बताई रहेको प्रहरीले नै प्रहरी कार्यालयमा पुगेका महिला हिंसाका घटना मेलमिलाप गरेर पठाउने गरेको देखिएको हो ।
कार्की र बुढाको घटनालाई लेनदेनको विवादमा बदलेर बुढालाई प्रहरीले ६० हजार तिर्न लगाएको छ । मदिरा सेवन गरेका बुढाले अभद्र व्यवहार गरि आफुलाई कुटपिट गरेको त्यसको सजाय स्वरुप ६० हजार तिरेको कार्कीले बताएकि छन भने बुढाले  आफ्नो लेनदेन रहेको दावी गरेका छन ।

0 comments

बिचार लेख्नुहोस्..