वाईसियलद्धारा चन्दा संकलन तिब्र
मुगु न्युज डट कम
मुगु, भदौ ११-एकिकृत नेकपा माओवादी सम्बद्ध योङ्ग कम्युनिष्ट लिग वाई सियलले जिल्लामा चन्दा संकलन कार्य तिब्र पारेको छ ।
भदौं १५ र १६ गते काठमाण्डौमा हुने लिगको प्रथम एकता महाधिवेशनका लागि आर्थिक सहयोग गरिदिन भन्दै जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुमा पत्र पठाएको छ ।
जिल्लाका २४ वटै गाविसका सचिवहरुका नाममा चन्दाका लागि पत्र पठाए पछि रकम कहाँबाट दिने भन्ने विषयमा अन्यौल भएको गाविस सचिवहरुले बताएका छन । निर्वाचन आयोगले निर्वाचन आचार सहिंता लागु गरे पनि आचार सहिंता विपरित लिगले आर्थिक संकलन थाले पनि पाटीले कुनै आधिकारीक निर्णय नगरेको र अधिवेशनका लागि स्वच्छिक आर्थिक सहयोग मागिएको एकिकृत माओवादीका सुकविर बुढाले बताए । हामीले कुनै करकाप गरेका छैनौ जसले जति सहयोग गरे पनि स्वीकार गर्छौ आर्थिक सहयोग नमागे त कुनै संगठन नै चल्दैन उनले भने । भदौ ८ गते लेखिएको पत्रमा लिगको प्रथम एकता महाधिवेशनका लागि आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको पत्र कार्यालयमा पत्र आए पछि सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी अन्यौलमा परेका छन ।
0 comments
बिचार लेख्नुहोस्..