सात दिने विकास पत्रकारिता तालीम सम्पन्न

मुगु न्युज डट कम,
श्रावण २१ मुगु-
 नेपाल पत्रकार महांघ मुगु शाखाको आयोनाजनामा श्रावण १५ गते देखि सञ्चालित विकास पत्रकारिता सम्बन्धि सात दिने तालीम सोमवार सम्पन्न भएको छ ।
 गरिबी निवारण कोष र असल छिमेकि नेपाल मुगुको आयोजनामा श्रावण १५ गते देखि गमगढीमा सञ्चालन भएको विकास पत्रकारिता सम्बन्धि सात दिने तालीममा सहभागिहरुलाई जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले प्रमाण पत्र वितरण गरेका थिए ।  समापन कार्यक्रममा बोल्दै सहायक प्रजिअ पराजुलीले विकास पत्रकारिता र समग्र पत्रकारिता निरपेक्ष हुन नसक्ने भन्दै समय सापेक्ष हुनु पर्ने तर्क गरे ।
 सहायक प्रजिअ पराजुलीले विकास पत्रकारीता भन्दैमा मुगाली जनताका भोका पेट र अलिनो जिन्दगीका कुरा समेत समेट्न आग्रह समेत गरे । तालीममा नेपाल पत्रकार महासंघ , क्रियाशील पत्रकार , गरिबी निवारण कोषका स्थानीय पाँचवटा साझेदार संस्थाका पाँच जना र असल छिमेकि बाट एक जना गरेर दुई दर्जन सहभागि भएका थिए ।

0 comments

बिचार लेख्नुहोस्..