चिनद्धारा मुगुका पाँच गाविसका स्थानीयवासीलाई खाद्यन्न सहयोग
मुगु न्युज डट कम ,
भाद्र ३ मुगु-
चिन सरकारले चार वर्ष देखि दिदै आएको जिल्लाका पुर्वि भेकमा पर्ने मुगु, डोल्फु, किम्री, पुलु र माँग्री गाविसका स्थानीयवासीहरुलाई यो वर्ष पनि दैनिक उपभोग्य वस्तु प्रदान गरेको छ ।
चिनले जिल्लाका पाँच गाविसका लागि उवा १३ हजार ३ सय ५६ केजि, चामल १० हजार २ सय ५० केजी, चिनि ९ हजार ४ सय ५० केजी , चिया पत्ति ७ हजार ५ सय ३१ केजि र नुन १० हजार पाँच सय केजी दिएको छ भने विगतमा दिदै आएको घिउ र तेल भने कटौंती गरेको छ ।
नेपाल सरकार र चिन सरकार बिच चार वर्ष अघि चिनसंग जोडिएका नेपालका १३ वटा हिमाली जिल्लाका गाविसका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु सहयोग गर्ने गरिएको दुई पक्षिय सम्झौता अनुसार यो वर्ष पनि सहयोग आएको मुगु गाविसका सचिव मकर बहादुर रावलले बताए ।
चिनको स्वशासित क्षेत्र तिब्बतको पारेछ्यु जिल्लाका प्रमुख रिन्चु थाङले मुगुसंग जोडिएको तिब्बतको हब्बा गाविसमा पुगेर मुगु जिल्लाका सहयोग प्राप्त गर्ने गाविसका सचिव , सञ्चारकर्मिको रोहवारमा दैनिक उपभोग्य वस्तु प्रदान गरेका हुन ।
विगतमा सहयोग दिदै आएको सात प्रकारको दैनिक उपभोग्य वस्तु मध्य यो पटक पाँच प्रकारको दैनिक उपभोग्य वस्तु मात्र दिईएको छ । विगतका वर्षहरुमा उवा, चामल,चिनी, चियापत्ति, नुन , घिऊ र तेल दिदै आएकोमा यो वर्ष घिउ र तेल कटौति गरि त्यसको सट्टा नुन बढी दिईएको गाविसबाट गएका कर्मचारी तथा स्थानीयवासीले बताएका छन ।
यो वर्ष दैनिक उपभोग्य वस्तुमा कटौति गरिए पनि तिब्बतबाट पाँच गाविसका स्थानीयवासीले आफ्नो घरसम्म दैनिक उपभोग्य वस्तु ढुवानी गर्नका लागि प्रति केजि २ रुपैंपा युयान ( नेपाली ३० रुपैयाँ) ढुवानी खर्च पाएको मुगु गाविसका प्राविधिक सहायक टेक बहादुर भामले बताए ।
सुरुको वर्ष चिनले सरकारी निकाय मार्फत दैनिक उपभोग्य वस्तु सहयो गरे पनि पछिका दुई वर्षमा चिन कै ठेकेदार कम्पनि मार्फत सहयोग उपलब्ध गराएको थियो । सहयोग उपलब्ध गराउन आएका ठेकेदार कम्पनिले खाद्यन्नमा अखाद्य वस्तु वालुवा ढुंगा मिसावट गरि दिएको भन्ने गुनासो गरे पछि यो वर्ष चिन सरकारले आफै उपस्थित भएर खाद्यन्न सहयोग गरेको छ । विगतमा जस्तो मिसावट भएको खाद्यन्न आउने भन्दै पाँच गाविसका कमै मात्र स्थानीयवासी यो पटक तिब्बत पुगेका थिए ।

0 comments
बिचार लेख्नुहोस्..