चट्याँग पर्दा ४० पशु चौपाया मरे

मुगु न्युज डट कम ,
श्रावण २२-
 रुगा गाविसको बाम गाउँको खौला खर्क भन्ने स्थानमा शुक्रबार चट्याँग पर्दा ४०  पशु चौपाय मरेका छन ।
शुक्रबार परेको चट्यागका कारण दिप राज बढुवालका १०,विश्वदल बढुवाल र अन्यका १० गरि २० गाई वस्तु मरेका छन भने सोहि स्थानमा पर्ने गिरि खर्क भन्ने ठाउँमा कर्णविर बुढा र धर्म बुढाका २० वटा बाख्रा मरेको दिपराज बढुवालले जानकारी दिए ।
 उक्त स्थानबाट कुनै सम्पर्क हुन नसके पछि चार दिन ढिलो गरि जानकारी आएको बढुवालले बताए ।

0 comments

बिचार लेख्नुहोस्..