जिल्ला अस्पतालमा अर्को समस्या
मुगु न्युज डट कम,
श्रावण २२ मुगु-
रगत नपाएर गर्भमा शिशु मरेको अवस्थामा उपचार गर्न समस्या भईरहेको रोवा ७ शोभा गाउँकि लछिमा बुढाको समाचार सेलाउन नपाउदै जिल्ला अस्पताल मुगुमा अर्कि एक जना महिलाको सुत्केरी पछि लगातार रक्तश्राव भए पछि अर्कोअर्को समस्या बल्झिएको छ ।
रुगा गाविस वडा नम्बर ४ रुगा गाउँकि १८ वर्षिया पिंकि लावडलाई सुत्केरी गराउन सोमबार जिल्ला अस्पताल मुगुमा ल्याईएको थियो । सोमबार दिउसो सकुशल बच्चा जन्माउन सफल भए पनि वेलुकि सात बजेबाट लगातार रक्तश्राव भए पछि उनको अवस्था गम्भिर बन्दै गएको जिल्ला अस्पताल मुगुका सिनियर अहेव कृष्ण बुढाले बताए ।
सुत्केरी भई सकेपछि लगातार रक्तश्राव हुन थाले पछि रगत रोक्न रात भरि निकै प्रयास गरे पनि केहि सिप नलागेको बुढाले बताए । उनको शरिरमा सोमबार साँझ हेमोग्लोविनको मात्रा ६ रहेको मा मंगलवार विहान ३ मा झरेको उपचारमा संलग्न स्टाफ नर्श सुमन कार्कीले बताईन । लावडको थप उपचारका लागि ६ पिन्ट रगत आवश्यक पर्ने भएको र रगत दाताको खोजि भईरहेको छ भने सुत्केरी पछिको रक्तश्राव (पि.पि.एच.) खतरा हुने भएकाले रक्तश्राव रोक्न पाठ्यघर नै काटेर फाल्नु पर्ने उपचारमा संलग्न स्वास्थ्यकर्मिले बताएका छन ।
जिल्ला अस्पतालमा डाक्टर नभएकाले गमगढीमा सञ्चालित रारा अस्पतालका डाक्टर किशोर परियारलाई अहिले जिल्ला अस्पतालमा लगिए पनि डाक्टर परियारले लावडको पाठ्य घरमा फोहोर जमेको र रक्तश्राव पनि भईरहेको हुदा केस जटिल भएको बताए । हिजो नै सुत्केरी हुँदा खेरि च्यातिएका ठाउँमा टाँका लगाईएको छ । पाठ्यघरमा फोहोर जमेको सफा गर्न टाकाँ काट्नु पर्छ त्यसले झन समस्या हुन्छ , शरिरमा हेमोग्लोबिनको मात्रा एक दम कम छ , थप उपचार गर्न ठुलो जोखिम हुने भएकाले मैले उपचार गर्न सक्दैन भनेको हुँ डाक्टर परियारले बताए ।
जिल्ला प्रशासन कार्यालय , नेपाली सेनाले जोखिम अवस्थामा रहेकि महिलाको उद्धारका लागि पहल गरिदिन स्वास्थ्य सेवा विभाग, मञ्त्रालयमा अनुरोध गरे पनि सम्बन्धित निकायबाट कुनै पहल भएन । नेपाल रेड क्रस ले स्थापना गरेको रक्त सञ्चार केन्द्रमा रगत झिक्न प्रयोग हुने प्लाष्टिकका थैला तिनवटा मात्र रहेका तथा त्यसमा एउटा प्रयोग भएको र दुईवटा पनि लावडका लागि रिर्जभ रहेपछि थप रगत झिक्न नसकिनेभए पछि रगत दान गर्न अस्पताल पुगेका नेपाली सेनाका जवान रगत नदिउरै फर्केका छन ।
जिल्ला अस्पतालमा डाक्टर नभएको र उद्धार गर्ने विकल्प समेत नभएकाले विरामी लावडलाई डाक्टरको प्रत्यक्ष निगरानी होस भनेर प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले रारा अस्पतालमा राख्न सुझाव दिएका थिए भने स्वास्थ्य सेवा विभाग परिवार नियोजना महाशाखाका डाक्टर शिलु अर्यालले पनि त्यहि सुझाव दिए पनि आफन्तहरुलेलावडलाईजिल्ला अस्पतालमा नै राख्ने बताएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख परशुराम नेपालीले जानकारी दिए ।
विरामी लावडका श्रीमान दान बहादुर विक जेठि श्रीमती लिएर भारत भागेपछि आफुलाई झन ठुलो समस्या परेको पिकिंकी आमा देउकला लावडले बताईन ।
उता शुक्रबार देखि गमगढी स्थित रारा अस्पतालमा गर्भ भित्रै चार महिना बढिको शिशु मरेको अवस्थामा उपचार गराईरहेकि लछुमा बुढाको पेटबाट आईतबार राती मरेको शिशु निकालिए पनि उनको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन आएको छैन । स्वास्थ्य अवस्थामा सुधार नआए पछि थप उपचार गराउन नेपालगञ्ज काठमाण्डौ लैजान आफुले बुढाका आफन्त र परिवार जनलाई सुझाव दिएको डाक्टर परियाले बताए ।
यता लछुमालाई रगत दान गरेपछि पनि अवस्था सुधार आएको छैन भने नेपाली सेनाले अझै रगत दान गर्न सक्ने रारा स्थित नेपाली सेनाको दुर्गा भञ्ज्यागं गुल्मका गुल्मपति राजेन्द्र पन्तले बताए ।

0 comments
बिचार लेख्नुहोस्..