चुनावमा माओवादीसंग मोर्चा बन्दि हुन सक्ने एमाओवादीका सल्लाहकारको भनाई
मुगु न्युज डट कम
श्रावण ३२,मुगु
एकिकृत नेकपा माओवादी केन्द्रीय सल्लाहकार समितिका सदस्य सिद्धराज भाटले मंसिर ४ गते तोकिएको संविधान सभाको निर्वाचनका लागि नेकपा माओवादीसंग मोर्चा बन्दि हुन सक्ने बताएकाछन ।
पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान, संविधान सभाको दोस्रो निर्वाचनका लागि जन सम्बन्ध अभियान अभियान सकेर मुगुको सदरमुकाम गमगढीमा एकिकृत नेकपा माओवादीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सल्लाहकार भाटले वैद्यले नेतृत्व गरेको माओवादी र एकिकृत माओवादीबीच तत्काल एकिकरणको समभावना नरहेको र आफ्नो पाटी चुनावका लागि मोर्चाबनिद गरेर अगाडी बढ्ने सोचमा रहेको बताए । उनले भने बैद्य जिहरु चुनावमा आउन सहमत हुनु भयो भने चुनावको मिति सर्न सक्छ तर कुनै हालतमा पनि वहाँहरु चुनावमा आउन नसक्ने हामीले बुझेका छौ ।
जिल्लामा तिन क्षेत्र खत्याड, सोरु र गम भेकमा अभियान श्रावण २३ गतेबाट सञ्चालन गरेको एकिकृत नेकपा माओवादीले अहिले आफनो संगठन केहि कमजोर रहे पनि चुनावमा भने २०६४ सालकै नतिजा प्राप्त गर्ने दावि गरेको छ । पत्रकार सम्मेलनमा एमाओवादीका मुगु जिल्ला ईनचार्ज अज बहादुर शाहीले पाटी विभाजन नहुँदै जिल्ला संयोजक, सचिव तथा २०६४ सालमा निर्वाचित भएका संविधान सभाका सभासद समेत पाटी विभाजन पछि नेकपा माओवादीमा गएकाले जिल्लामा आफ्नो संगठन केहि कमजोर रहेको बताए ।
एकिकृत माओवादीले पाटी विभाजन पछि जिल्लाका २४ वटा गाविसमा संगठन विस्तार गरेको छ भने पाँचवटा गाविसमा संगठन विस्तार गर्न सकेको छैन ।

0 comments
बिचार लेख्नुहोस्..