पिकिंलाई तिन पिन्ट रगत चाहिने

मुगु न्युज डट कम,
श्रावण २८-
 सुत्केरी पछि अत्याधिक रक्तश्राव भई जिल्ला अस्पतालमा उपचार गराई रहेकि रुगा ४ रुगा कि पिंकि लावडलाई तिन पिन्ट रगत आवश्यक पर्ने जिल्ला अस्पताल मुगुले जनाएको छ ।
लावडको  शरिरमा हेमोग्लाबिनको मात्रा कम भए पनि रक्त सञ्चार केन्द्रमा ब्लड ब्याकको अभाव हुँदा रगत दिन सकिएको थिएन । रेडक्रस जुम्लाबाट १० वटा ब्लड व्याग शनिवार साँझ पुगे पछि अव पिंकिलाई चाहिने ३ पिन्ट रगत दिईने भएको छ । अहिले उनको शरिरमा ५.८ हेमोग्लोबिनको मात्रा रहेको जिल्ला अस्पतालले जनाएको छ । सोम अपरान्ह गमगढी स्थित नेपाली सेनाको सुरक्षा वेश क्याम्पबाट एक जना शैनिक जवानले एक पिन्ट रगत दान गरिसकेका छन भने बाँकि दुई पिन्टका लागि दुई जना सैनिक जवानले मंगलवार विहान रगत दान गर्ने रारा स्थित नेपाली सेनाको दुर्गा भञ्जन गुल्मका गुल्म पति राजेन्द्र पन्तले जानकारी दिए । यस अघि पनि गत आईतवार रारा अस्पतालमा उपचार गराई रहेकी लछुमालाई पनि तिन जना नेपाली सेनाका सैनिक जवानले रगत दिएका थिए ।

0 comments

बिचार लेख्नुहोस्..