पिंकिलाई सहयोग रकम हस्तान्त्रण

मुगु न्युज डट कम
श्रावण २८
 सुतकेरी  पछि अत्याधिक रक्तश्राव भएर जिल्ला अस्पतालमा उपचार गराई रहेकि रुगा गाविस वडा नम्बर ४ कि १८ वर्षिया पिकिं लावडलाई सोमवार उपचार खर्च वापत सहयोग रकम प्रदान गरिएको छ ।
 गएको सोमवार जिल्ला अस्पताल मुगुमा शिशुको जन्म दिईसके पछि अत्याधिक रकतश्राव हुँदा कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या व्यहोरि रहेकि लावडलाई काठमाण्डौ विश्व विद्यालयमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष राज बहादुर शाहीको नाममा लावडका लागि पठएको ८ हजार पाँच सय दुई रुपैयाँ सोमवार जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुली मार्फत लावडलाई हस्तान्तरण गरिएको छ । यो भन्दा अगाडी रारा अस्पतालमा चार महिनाको शिशु पेटमा नै मरे पछि उपचार गराईरहेकि रोवा ७ शोभा गाउँकि लछुमा बुढालाई सहयोग गरिरहेका विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले पठाएको नगद पाँच हजार पिकिंलाई सहयोग गरिएको थियो ।

0 comments

बिचार लेख्नुहोस्..