एक लाख वरावरको अवैध चिनियाँ मदिरा नष्ट

रमेश ऐडी ,
सिमिकोट, साउन २४,
हुम्लाको सदरमुकाम सिमकोटमा अवैधरुपमा भित्रिएको चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
 सिमाना हिल्सावाट २ सय ८८ वोतल चिनियाँ मदिरा प्रहरीले सर्वपक्षिय भेलामा आगो जलाएर नष्ट गरेको हो । सदरमुकाम सिमकोट गाविस २ का स्थानिय वासी  ऐटन  रोकायाले तिव्वतीयन वजार ताक्लाकोटवाट घोडामा ल्याई लुकाईराखेको अवस्थामा फेला पारि प्रहरीले नष्ट गरेको छ । एक लाख वरावर मुल्य रहेको सो मदिरा प्रहरीले मदिरा नियन्त्रण गर्न अभियान थालेपछि नष्ट गरेको छ ।
 उत्तरी तिव्वतवाट लाखौं मुल्य वरावर अवैध मदिरा भित्रिन थालेपछि जिल्लाका नियमन निकायले प्रतिवन्ध लगाएका हुन । लुकाइ ल्याएको मदिरालाइ प्रहरीले खानतलासी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी वम वहादुर केसीले वताए । नियन्त्रणमा परेका सवै मदिराहरु सर्वपक्षिय भेलामा नष्ट गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यलय हुम्लाका डिएसपी डाक्टर मेख वहादुर खत्रीले वताएका छन् ।
सिमाना प्रहरी चौकीलाई छल्दै सदरमुकाम भित्त्याएको मदिरालाई प्रहरी चेक पोष्ट  मुचुले नियन्त्रमा ल्याएको घरमा लुकाई राखेको अवस्थामा प्रहरी फेला पारेको प्रहरी प्रमुख खत्रीले जनाएका छन् । तिव्वतीयन वजारमा प्रति वोतल ५० रुपियामा खरिद हुने सो मदिरा हुम्ला जिल्ला भरि ३ सयदेखि ५ सयसम्म विक्रि हुने गर्दछ । हुम्लाका स्थानिय साना तथा मझौंला व्यापारीले सो मदिराको व्यपार गर्दै आएका छन् । सिमाना हिल्समा नेपाली भन्सार कार्यलय नभएकोले चिनवाट ल्याइने सवै सामानहरु विना करमा हुम्ला भित्रिदै गरेका छन् ।

0 comments

बिचार लेख्नुहोस्..