रारा परियोजनाका लागि काम सुरु


सुमन मल्ल,
मुगु न्युज डट कम,
भदौ १७ मुगु-
 रारा परियोजना प्रा.लि.ले रारा राष्टिय निकुञ्जमा पर्ने माथिल्लो मिलि चौरमा चार सय करोडको लगानीमा निर्माण हुने पाँच तारे होटेलका लागि बातावरणीय प्रभाव मुल्यांकन ( भ्क्ष्ब् ) को लागि काम सुरु गरेको छ ।
 तालको किनार देखि एक किलो मिटर माथी रहेको दुई सय हेक्टर जमिनमा सुविधा सम्पन्न होटेल निर्माणका लागि परियोजनाले २०६६ सालबाट प्रक्रियाको थालनी गरि २०६९ सालमा परियोजनाको कार्य सुचि र स्कोमि¨ गर्ने कार्य पुरा गरि बातावरणिय प्रभाव मुल्यांकन गर्न अनुमति लिई सकेको परियोजनाका लागि जिल्ला पुगेका बातावरण विज्ञ एवं बातावरण परामर्शदाता डाक्टर रमेश भट्टले बताए ।
 सदरमुकाममा सरोकारवालाहरु बिच आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा भट्ट सहित पुगेको टोलीले सुझाव संकलन गर्ने क्रममा वातावरण संरक्षण ऐन २०५३, नियमावली २०५४ र हिमाली राष्टिय निकुञ्ज नियमावली अनुसार सबै प्रक्रिया पुरा गरि वातावरणीय मुल्यांकनको कार्य प्रारम्भ गरेको तथा अबको छ महिनामा मुल्याकंनको सबै काम सम्पन्न हुने परियोजनाले जनाएको छ  ।
परियोजना सञ्चालन गर्दा स्थानीय उपभोक्तालाई कति शेयर दिने भन्ने कुरा अहिले केहि नभने पनि होटलको वार्षिक आम्दानीका आधारमा थप रोजगार र शेयर लगानीको टुंगो लगाउने परियोजनाले जनाएको छ ।
परियोजनाले निकुञ्ज विभागको कानुनी दायरामा रहि काम गर्ने गरि तिस वर्षका लागि जग्गा लिजमा लिएको जनाएको छ । पहिलो चरणमा परियोजनाले सुविधा सम्पन्न सातबटा भवन निर्माण गर्ने भएको छ । परियोजनाले प्रत्यक्ष रुपमा तिन सय जनालाई रोजगार उपलब्ध गराउने छ भने निकुञ्ज र मध्यवर्ति क्षेत्र भित्र पर्ने स्थानीय उपभोक्तालाई सिप मुलक तालीम, आयआर्जनका कार्यक्रमहरु समेत सञ्चालन गर्ने जनाएको छ ।
 पर्यटकहरुलाई आकर्षित गर्न स्थानीय कला संस्कृति, स्थानीय उत्पादनलाई जोड दिने , परियोजना स्थलमा गल्फ मैदान, साईकिलिङ्ग , बोटि¨ , सेमिनार , गोष्ठिका लागि हल , वन पैदावर तथा वन्य जन्तुको अवलोकन गर्ने व्यवस्था समेत गरिने र एकै साथ एक सय जनासम्म पर्यटक बस्न सक्ने परियोजनाको भनाई छ । जुम्ला देखि रारा, बाजुरा देखि रारासम्मको पर्यटक पदमार्गको समेत अवधारणा अघि सारिएको छ । परियोजना निर्माण तथा सञ्चालनका क्रममा होटेलबाट निस्किने फोहोरबाट मल उत्पादन गरि स्थानीय कृषकलाई वितरण गरिने छ भने  नकुहिने फोहोरलाई वातावरणमा असर नपर्ने गरि व्यवस्थापन गरिने छ ।
विश्व रामसार सुचिमा परेको रारामा चार सय करोड ( चार अर्ब) को लगानीमा सञ्चालन हुने परियोजनाका लागि रारा राष्टिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको सिमा विवादले भने केहि समस्या पार्न सक्ने देखिएको छ ।२०३२ सालमा  निकुञ्ज घोषणा भएपछि २०३४ को राजपत्रमा निकुञ्जको सिमाना नक्सांकन गरिएको थियो ।
 तर मध्यवर्ती क्षेत्र घोषणा गरिए पछि २०६३ को राजपत्रले निकुञ्ज र मध्यवर्ती क्षेत्रको सिमानाका विषयमा स्पष्ट उल्लेख नगरे पछि अन्यौलता कायम रहेको रारा राष्टिय निकुञ्ज कार्यालय मुगुका प्रमुख भोगेन्द्र रायमाझिले बताए ।
सिमाना स्पष्ट नगरि निकुञ्जले मध्यवर्ति क्षेत्रका उपभोक्तालाई वन हस्तान्तरण गरिएकाले रारा परियोजना सञ्चालन गर्दा यो विवादले परियोजनालाई समेत प्रभाव पार्न सक्ने रारा राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विर्ख बहादुर रोकायाले बताए ।
परियोजना सञ्चालन गर्नु पुर्व मध्यवर्ति क्षेत्र र निकुञ्जको सिमाना विवाद टुंगो लगाउनु पर्ने कार्यक्रमका सहभागिहरुले सुझाव दिएका छन । परियोजनाले राराको बातावरण, प्राकृतिक सौन्दर्य तथा सम्पदा, वन्य जन्तु र वन पैदावरको संरक्षण पहिलो प्राथामिकतामा राख्नु पर्ने , बढि भन्दा बढि स्थानीय उपभोक्तालाई रोजगार र आम्दानीका लागि अबसर सिर्जना गर्न सरोकारवालाहरुले सुझाव  दिएका छन ।


0 comments

बिचार लेख्नुहोस्..