झोलुगें पुल माथीको जाखिमपुर्ण यात्रा


मुगु न्युज डट कम,
भदौ १७ मुगु -
जिल्लाका विभिन्न स्थानमा रहेका खोला तथा नदिमाथी बनाईएका झोलुगें पुलहरु निर्माण गरिएको तिन चार वर्षमा नै जिर्ण बने पछि मर्मत संम्हारको अभावमा स्थानीयवासीहरुले जोखिम पुर्ण यात्रा गर्नु पर्ने बाध्यता देखिएको छ ।
 जिल्ला भरिमा अहिलेसम्म दुई दर्जन बढि झोलुगें पुलहरु रहे पनि अधिकाँश पुलमा गुण स्तरहिन निर्माण सामग्री प्रयोग गरिएका कारण छिटै नै जिर्ण बन्दै गएकाछन । जिल्ला भरिमा २०३५ साल यता ३० वटा झोलुगें पुल निर्माण गरिएका छन भने हालसम्म जिल्ला भरिमा ७२ वटा भोलुगें पुलको माग भई आएको जिल्ला प्राविधिक कार्यालय मुगुले जनाएको छ । अहिलेसम्म निर्माण गरिएका ३० वटा पुल मध्य १९ वटा पुल बृहत मर्मत गर्नु पर्ने, २ वटा संरक्षण गर्नु पर्ने र एउटालाई तत्काल पुर्न निर्माण गर्नु पर्ने कार्यालयले जनाएको छ ।
 दुर्गम क्षेत्र विकास समिति, यस.एनभि नेपाल, आर.ए.आई.डि तथा झोलुगें पुल कार्यक्रमबाट जिल्लाका विभिन्न स्थानहरुमा पुलहरु निर्माण गरिएका थिए । दुई दशक अघि सोरु भेकका रारा र जिमा गाविसलाई जोडने सिपघाट भोलुगें पुल अहिलेसम्म पनि निर्माण हुन सकेको छैन । अधिकाँश स्थानमा रहेका पुलहरुमा हिडडुल गर्न , बस्तु भाउ लिन ठुलो जोखिम रहेको छ ।
 २०५२ सालमा निर्माण गरिएको खत्याड खोलाको मसाडनामा रहेको पुलमा राखिएको काठ कुहिएर झरेपछि लामो समय देखि फलामे जालीमाथी जोखिम यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन । श्रीकोट गाविस र गम्था गाविसलाई जोडने गरि निर्माण गरिएको पुललाई तत्काल पुर्न निर्माण गर्नु पर्ने भए पनि अहिलेसम्म सम्बनिधत निकायबाट कुनै पहल नचाल्दा आवत जावतमा जोखिम उठाउनु परेको स्थानीयवासीको भनाई छ ।
पहिलो चरणको अध्ययन कार्य पुरा भईसकेको र अब विस्तृतमा पुलको सवै लागत तयार पारेपछि केहि दिन भित्रै पुलको बृहत निर्माण कार्य सुरु गरिने जिल्ला प्राविधिक कार्यालय मुगुका जिल्ला ईन्जिनियर विर बहादुर रावलले जानकारी दिए ।


0 comments

बिचार लेख्नुहोस्..