विपी जयन्तीको अवसर पारेर गाउँ पस्यो काँग्रेस
मुगु न्युज डट कम,
भदौं २५ मुगु--------------
एक सर्यौ विपी जयन्तीको अवसर पारेर नेपाली काँग्रेस चुनावी अभियान सुरु गर्न गाउँ पसेको छ ।
सधैं सदरमुकाम गमगढीमा विपी जयन्ती मनाउदै आएको नेपाली काँग्रेसले यो वर्ष आगामी मंसिर ४ गते तोकिएको संविधान सभाको दोस्रो निर्वाचनलाई लक्ष्यीत गर्दै एक सयौ वि पी जयन्ती गाउमा मनाएको छ । सोमबार सयौ विपी जयन्तीका अवसरमा काँग्रेसले जिल्लाको पश्चिमी भेकमा पर्ने गम्था गाविसमा चुनावी सभाको आयोजना गरेको काँग्रेसले जनाएको छ ।
जिल्लाबाट संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ तिन जनाको नाम सिफारिस पछि काँग्रेसमा चर्किएको आन्तरिक विवादलाई समाधान गरे पछि काँग्रेस चुनावी अभियानका लागि गाउँ पसेको हो । चुनावी सभामा नेकपा माओवादी र एमालेका एक सय पचास जना नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको काँग्रेसले जनाएको छ । उम्मेदवारको नाम सिफारिस गरेपछि नाम सिफारिस भएका कोही पनि राजधानी नजाने भने पनि तिनै जना उम्मेदवार हस्त बहादुर मल्ल, ऐन बहादुर शाही र खडक बहादुर शाही राजधानी जान लागेको स्रोतले जनाएको छ । टिकटका लागि नाम सिफारिस गरेका उम्मेदवार राजधानी जाँदा टिकटमा चलखेल हुने र पाटीमा विवाद बढ्ने भन्दै काँग्रेस कार्यकर्ताले उम्मेदवारलाई राजधानी नजान दवाव दिएका थिए ।
सर्वसम्मत तवरले उम्मेदवारको नाम छनौठ गरि केन्द्रमा सिफारिस गरिएको एक दिन पछाडी नै जिल्ला कार्य समितिको निर्णय र सिफारिस गरिएका उम्मेदवारको नाम विगारेको भन्दै काँग्रेसमा विवाद आएको थियो । विवाद आन्तरिक रुपमा मिलेको बताईए पनि विवादको वास्तविक कारण र दोषी पत्ता लगाउन तिनै जना उम्मेदवार राजधानी जान लागेको काँग्रेस स्रोतले जनाएको छ ।
उता उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरे लगतै जिल्ला छोडेका एमालेका उम्मेदवारहरु पनि आफ्नो पक्षमा टिकट ल्याउन राजधानी तिर दौडधुप गरिरहेका छन ।
प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिएका एमाले मुगुका पुर्व अध्यक्ष गोपाल बहादुर बम र वर्तमान जिल्ला अध्यक्ष मोहन बाँनिया आ आफ्नै तबरले लागि परेका छन । काठमाण्डौमा रहेका प्रयक्ष निर्वाचनका उम्मेदवार गोपाल वमले भने , मैले ८ वर्षसम्म पाटी चलाए, अहिले अध्यक्ष पनि म छैन निर्वाचनका लागि मैले टिकट पाउनु पर्ने हो । बाँनिया जि त जिल्ला अध्यक्ष छदै हुनुहुन्छ । उनले भने अहिले केन्द्र स्तरका नेताहरुलाई एक्लै भेटन नपाईने र सामुहिक रुपमा मात्र भेट गर्न केन्द्रले निर्देशन गरेको छ ।
प्रत्यक्ष तर्फका अर्का उम्मेदवार मोहन बाँनिया पनि आफनो नाममा टिकट ल्याउनका लागि परेका छन । बुधवार स्थायी समितिको बैठकले जिल्लाले सिफारिस गरिएका उम्मेदवारका नाम केन्द्रीय समितिमा सिफारिस गर्ने र आफनो नाम एक नम्बरमा रहेकाले टिकट आफुले पाउने दावी गरे ।
उता एकिकृत नेकपा माओवादीले जिल्लाबाट सिफारिस गरेका उम्मेदवारहरु पनि राजधानी तिरै रहेका छन । पाटीले जे निर्णय गर्छ त्यो आफुहरुलाई स्वीकार हुने एकिकृत नेकपा माओवादीका जिल्ला संयोजक सुकविर बुढाले बताए ।
जिल्लामा नयाँ राजनितिक दलका रुपमा देखिएको राष्टिय अखण्ड पाटीले प्रत्यक्ष तर्फ दर्ज बहादुर भामको नाम र समानुपातिक तर्फ देविकृष्ण रावल , बौंदे भाम, धन बहादुर भण्डारी लगायतको नाम सिफारिस गरिएको जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..