मोवाइलको व्याटी्र पड्किदा घाइते
रमेश ऐडि , सिमिकोट
भदौ २४---------
सोलारको प्यानवाट सिधै मोवाइलको व्याट्रीमा चार्जर गर्न खोज्दा व्याट्री पड्कीदा एकजना घाइते भएका छन् । हुम्लाको गोठी गाविस १ कल्लासा गाउका ३६ वर्षिय लालविर रोकाया धाइते भएका हुन । मोवाइलको व्याट्री सोलार प्यानलमा सिधै जोडेर मोवाइल चार्जर गर्न खोज्दा एक्कासी पड्किएर रोकायाको अनुहारमा छर्रालागी धाइते भएको सोही गाविस २ का त्रिभुवन पा्रविका शिक्षक राज वहादुर वुढाले जनाएक छन् ।
रोकायाको हाल मेल्छाम स्वास्थ्य चौकीमा उपचार भैरहेको जनाइएको छ ।नोकिया कम्पनीको मोवाइल सेटको व्याट्ी सोलरमा सिधै जोड्दा पड्किएको वताइएको छ ।गाउमा विद्युत सेवा नहुदा मोवाइल चार्जरका लागी गाउकास्थानियवासीले सोलार प्यानलको प्रयोग अत्याधिक रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।सो घटनाका समन्धमा प्रहरी चौकी सर्केगाढको एकटोली घटनास्थलमा वुझन गएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव निरिक्षक डाक्टर मेख वहादुर खत्रीले वताउनु भएको छ । धटनास्थलपाट चौकी एदिन टाढा रहेको वताइएको छ ।
0 comments
बिचार लेख्नुहोस्..