३ महिनादेखि छोरीसहितआमा वेपत्ता
रमेश ऐडी ,
हुम्ला, भदौ २५------
घरवाट छोरीसहित आमा वेपत्ता भएकी छन् । श्रीमानले दोश्रो विवाह गरि घरवाहिर वसेपछि मदाना गाविस २ की २२ वर्षिया थुम्कला जैसाी छोरी सहित वेपत्ता भएकी हुन ।३ महिनासम्म पनि कही खवर नपाएपछि माइती वावु कालिका गाविस ७ का पुने जैसीले खोजी खवरका लागी सदरमुकाम सिमकोटमा पहिलो पटक सरकारी निकायहरुसंग जानकारी गराएका छन् । गत असार महिनामा घरवाट श्रीमान संग जान्छु भन्दै निस्किएपछि वेखवर भएकी हुन । श्रीमान वाजुरा तिपाडा वजारमा व्यवसाय गर्दै कान्छी पत्नीर संग वस्दै आएको ठाउमा जान्छु भनेर छोरी सहित निस्किएकी जैसीको कुनै खवर नपाएपछि वावुले लामो समयपछि खोजी विनका लागी प्रहरी संग जानकारी आएको जिल्ला प्रहर िकार्यलय हुम्लाका प्रमुख डाक्टर मेख वहादुर खत्रीले वताउनु भएको छ । खोजविनका लागी पत्रचार गरिने वताउनु भएको छ । सदरमुकाम सिमकोट वाठ ३ दिनको पैदल दुरीमा रहेकोले ढिलो खवरआइपुगेकाले छानविन गर्न असहज भएको प्रहरीले जनाएको छ ।घरमा सासुसंग वस्दै आएकी जैसीको श्रीमानले कान्छी पत्नी लिएर गएपछि सासुले दुख दिने गरेको गाउलले वताएका छन् ।
0 comments
बिचार लेख्नुहोस्..