सार्बजनिक धाराम पानी खान नपाउदा जिबिसमा धाउन थाले दलित बस्ति
मुगु न्युज डट कम-----
मुगु २७ भदौ, ग्रामिण भेगमा छुवाछुतका घटना बेला बेला घटेरहेकै बेला सदरमुकाम गमगढीकै एक गाँउमा सार्बजनिक धारामा पानी खानबाट दलितहरुलाई बञ्चित गरिएको घटना फेरि सार्वजनिक भएको छ ।
सदरमुकामसंग जोडिएको नमुना गाविस श्रीनगरको वडा नम्बर १ देखि ४ सम्म रहेको ठकुरीहरुको बाहुल्यता रेहको छत्यालवाडा गाउँमा दलितहरुलाई सार्वजनिक धाराको पानी खानबाट बञ्चित गराएको ,लुगा फाटो धुन नदिएको, हरितालिका तिजको दिन वर्त बसेको बेला दलित महिलाहरुलाई धारामा नुहाउन नदिएको भन्दै वडा नम्बर १ र २ मा रहेका चालिस घरधुरीका दलित महिलाले प्रहरी चौकि चैनमा भदौ २४ गते उजुरी दिएको वडा नम्बर १ कि जसुल्ली नेपालीले जानकारी दिईन । गाउँमा एउटा मात्र सार्वजनिक धारा रहेको र दलित समुदायलाई धारामा प्रवेश गर्न नदिए पछि थप समस्या परेको छ ।
दलित महिला समुहले प्रहरी समक्ष वडा नम्बर २ का तारा मल्ल, कलौता मल्ल, धर्मकला मल्ल र दान बहादुर मल्लको नाममा उजुरी दिएका थिए । उजुरी दिए पछि प्रहरीले दुवै पक्षलाई राखेर भदौ २६ गते मिलापत्र गराएको छ । २४ गते धारामा नुहाउन नदिएको प्रति पिडकले माफी मागेका र अव देखि धाराको पानी प्रयोग गर्न दिने , तल्लो जात र माथिल्लो जातको भनेर विभेद नगर्ने भन्दै मिलापत्र गरिएको दलित महिला समुहका महिलाहरुले बताए ।
प्रहरी चौकि चैनाले दुबै पक्ष लाई बोेलाई २४ गते अब आईन्दा दलित हरु प्रति कुनै भेदभाब नर्गने भनि सहमति गराएको भएपनी पुन यस्तो घटना दोहोरीन सक्ने पनी भएकाले यो गाँउमा रहेका ४० घरधुरी दलित आफु हरु लाई छुट्टै धारा निर्माणका लागी जिल्ला बिकास समितिमा धाउने गरेका छन ।

0 comments
बिचार लेख्नुहोस्..