गाउँमा बत्ति बले पछि स्थानीयवासीमा खुसियाली
मुगु न्युज डट कम ,
भदौ २८ मुगु ------
जिल्लाको पुर्वि भेकमा पर्ने मुगु गाविसमा ५६ लाख ९० हजारको लगानीमा १५ किलो वटा क्षमताको लघु जल विद्युत आयोजना सम्पन्न भई बत्ति बले पछि स्थानीयवासीहरुमा खुसियाली छाएको छ ।
दाउरा बाल्दै आएका स्थानीयवासीलाई विहान बेलुकि दियालोको उज्यालो गर्नु पर्ने बाध्यता हटेर जाने भएको छ भने घरमा उज्यालोका लागि राखिएका सोलारको झन्झट पनि हट्ने स्थानीयवासीको विश्वास छ ।
तिन वर्ष अघि आयोजनाको निर्माण कार्य सुरु गरिए पनि विद्युतिय उपकरण यातायातका कारण समयमा नै ढुवानी हुन नसक्दा आयोजनाको निर्माण कार्य ढिलो समपन्न भएको गाविसले जनाएको छ ।
दुई सय सात घरधुरीका लागि निर्माण गरिएको आयोजनाका लागि गरीवी निवारण कोषको १६ लाख ४० हजार , मुगु गाविसको ३२ लाख ५० हजार र स्थानीयवासीको ८ लाख श्रमदान गरेर ५६ लाख ९० हजार खर्च भएको कोषको स्थानीय साझेदार संस्था किर्डाक नेपाल मुगुका बखत बहादुर मल्लले जानकारी दिए ।
चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमा जोडिएको यस गाविसमा अत्याधिक जाडो हुने र मंसिर देखि चैत्र सम्म गाउँ देखि एक दिन तल शिरानी चौर तथा सदरमुकाम गमगढीमा समेत स्थानीयवासीहरु बसाई सर्ने हुँदा यो आयोजना दिगो हुने नहुनेमा स्थानीयवासीहरु दोधार देखिन्छन । विगतमा पनि यो गाउँका लागि लघु जल विद्युत आयोजना निर्माण गरि बत्ति बले पनि संरक्षणको अभावमा कामै नलाग्ने गरि विग्रिएको थियो । त्यति वेला दुर्गम क्षेत्र विकास समिति र मुगु गाविसको लगानीमा आयोजना निर्माण गरिए पनि आयोजना निर्माण गरिएको एक वर्षमा नै काम नलाग्ने अवस्थामा पुगेको थियो ।
0 comments
बिचार लेख्नुहोस्..