दशै तिहारमा खसि अभावको संकेत


मुगु न्युज डट कम,
 मुगु २७ भाद्र------
नेपालीहरुका महान चाड दशै नजिकी रहँदा नेपालीहरुलाई चाड पर्वमा चाहिने पहिरन,खानेकुराहरुको पिरलो वढी रहेका वेला यस पाली मुगुमा  खसी,बोका को अभाव हुने संकेत देखिएको छ ।
विगतका बर्षहरुमा चिनको स्वशासित क्षेत्र तिब्बतबाट नेपाल भित्रने चिनीयाँ खसीहरु यो पटक चिनियाँ मुद्रा युयानको मुल्य वृद्धि भएसंगै च्याँग्राको मुल्यमा समेत वृद्धि हुँदा मुगुका व्यापारीले च्याँग्रा खरिद गर्न सकेनन ।
गत बर्षहरुमा प्रति चिनीयाँ खसी तिव्वतमा चिनीयाँ रुपयाँमा न्युनतम तिन सय देखि अधिकतम छ सय युयान (नेपाली रुपयाँमा चार हजार देखि आठ हजारसम्म)मा खरिद हुन्थ्यो तर अहिले चिनमै प्रति खसी आठ सय देखि बा्रह सय युयानमा  (नेपाली सोह्र हजार) खरिद हुने भयो त्यती महंगोमा खसी ल्याएर घाटा व्यर्होनु भन्दा गाँउघरबाट स्थानिय खसी किनेर यो वर्षको चार्ड पर्वमा व्यापार गर्ने सोच राखेको खसी व्यापारी कुन्जोक लामा बताए  ।
त्यस्तै अर्का व्यापारी  च्यावा लामाका अनुसार नेपाली व्यापारीले वर्षेनी चिनियाँ खसी ल्याउनका लागी  साउनमा लाग्ने हाटका बेला चिनीयाँ व्यापारीलाई बैना दिएर भाद्र महिनाको अन्तिम साता चिनको पारेछयू जिल्लामा पुगेर खसी ल्याउृने गरेका भए पनि यो बर्ष चिनीयाँ खसीको मुल्य बढेकाले नेपाली व्यापारीहरुले बैना दिएनन् । त्यसैले यो वर्षको दशैमा जिल्लामा खसि बोकाको अभाव हुने देखिएको छ ।
गत वर्षहरुमा मुगाली व्यापारीहरुले ५० हजार भन्दा बढी चिनीयाँ खसी ल्याएर नेपालका जुम्ला,बाजुरा,कालिकोट,डोल्पा मनाङ्ग,मुस्ताङ्ग,वाग्लुङ्ग,म्याग्दी र कास्कीसम्म पुगेर व्यापार गर्ने गर्दथे ।
चिनीयाँ भेडा च्याँग्रा नआउने भएपछि अहिले स्थानीय वासीले समेत आफुले पालेका खसि बोकाको मुल्य वृद्धि गर्ने तयारी गरिरहेका छन । अहिले जिल्लामा खसि बोकाको मुल्य दश हजार देखि  बाह्र हजारसम्म छ ।
स्थानिय भेडा व्यापारी रुगा ८ बामका रतन बढुवाल भन्छन , चिनीयाँ भेडा आउदा हामा्र भेडाहरुको वास्ता हुदैनथ्यो अब त मुल्य बढाउनै प¥यो नि ।
चौर्तफी सामानहरुको मुल्य आकासी रहेका बेला भेडा खसीहरुको पनि मुल्य बढने भएपछि चाड पर्वका बेला उपभोक्ताहरु थप मारमा पर्ने देखिन्छ । लामो समय देखि हवाई यातायात र सडक यातायात अबरुद्ध भएका कारण अहिले जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ भने जुम्लाबाट खच्चड मार्फत बोकाएर ल्याईएको दैनिक उपभोग्य वस्तु लगायत अन्य माल सामानको अभाव र मुल्य वृद्धिको मार उपभोक्ताले व्यहोरिरहेका छन ।


0 comments

बिचार लेख्नुहोस्..