महिला अधिकार सम्बन्धि चार दिने तालीम सम्पन्न
मुगु न्युज डट कम,
असोज १४ मुगु ------
हिमाली ग्रामीण युवा समाज विकास केन्द्र मुगुको आयोजना चार दिन अघि देखि सुरु भएको मानव अधिकार, महिला अधिकार र छाउपडी प्रथा सम्बन्धि तालीम सोमवार सम्पन्न भएको छ ।
तालीममा सहभागि भएका गाविस स्तरिय निगरानी समुहका पदाधिकारीहरुले तालीममा सिकेका कुरा समुदायमा गएर व्यवहारमा लागु गर्ने बताए । विशेष गरेर छुई हुँदा महिलालाई घर बाहिर राख्ने गरिएको र त्यसले गर्दा महिलाको प्रजनन स्वास्थ्यमा असर परेको, महिला हिंसा बढेकाले अब छाउपडी प्रथा विरुद्ध सशक्त अभियान सञ्चालन गर्ने उनिहरुले बताए ।
जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी एवं छाउपडी प्रथा विरुद्धको अभियान जिल्ला समन्वय समितिका संयोजक जानक बहादुर मल्लले यो अभियान सफल बनाउन जिविसले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
0 comments
बिचार लेख्नुहोस्..