निर्वाचनमा शत प्रतिशत सुरक्षा व्यवस्था मिलाईएको प्रशासनको भनाई


मुगु न्युज डट कम
असोज १४ मुगु
आगामी मंसिरमा हुने संविधान सभाको निर्वाचन सफल बनाउनका लागि शत प्रतिशत सुरक्षा व्यवस्था ग्यारेन्टि गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
 चुनावका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा रणनितिक योजना बनाई सकेकोले चुनावमा खटिने कर्मचारी , स्वयम सेवक , उम्मेदवार र मतदातालाई निश्चिन्त हुन जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बल भद्र गिरीले अनुरोध गरे । सोमबार देखि सदरमुकाम गमगढीमा सुरु भएको निर्वाचन शिक्षा कार्यकर्ता ,निर्वाचन शिक्षा स्वयम सेवक तालीमको उदघाटन कार्यक्रममा बोल्दै गिरीले भने सदरमुकाम बाहिरका क्षेत्रमा रहेका सुरक्षा ईकाईहरुले सुरक्षा प्रदान गर्ने र त्यस्तो कुनै असुरक्षा देखिए तत्काल सुचना दिन पनि आग्रह गरे ।
 जिल्लाका ५३ वटा मतदान केन्द्र तथा २ वटा उपकेन्द्र मध्य सात वटा मतदान केन्द्र अति संवेदनशील रहेको सुरक्षा समितिले निष्कर्ष निकालेको स्रोतले जनाएको छ । जिल्लाका फोतुको नेहेर , जिमाका पुरुमुरु, जिमा र बुम्च , रोवाको शोभा, रुगाको बाम र श्रीकोटको जिउका मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशीलको सुचिमा परेको समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार यि केन्द्रमा चुनाव बहिष्कारमा उत्रेको नेकपा माओवादीको पकड रहेको सुरक्षा समितिले विश्लेषण गरेको बताईएको छ ।  यता नेकपा माओवादीले भने आफुहरुले मतदातालाई मतदान गर्न नजाने भनिसकेको र निर्वाचनको दिन कसैले करकाप गरि सर्व साधारणलाई मतदान गर्न लिन खोजे त्यसको कडा प्रतिवाद गर्ने जनाएको छ । स्रोतका अनुसार नेकपा माओवादीले एक मतदान केन्द्र एक सकेट वम भन्ने नारा तयार गरेको पाईएको छ ।

0 comments

बिचार लेख्नुहोस्..