ठुलो परिणामको अबैध घरेलु र चिनियाँ मदिरा नियन्त्रण
मुगु न्युज डट कम---
मुगु, १४ असोज,
लामो समय देखि अबैध घरेलु तथा चिनिया कम्पनि बाट उत्पादित मदिरा बेचबिखन नर्गन भनि जिल्ला प्रशासन कार्यलय मुगुले सार्बजनिक सुचना मार्फत जानकारी गराउँदा गराउँदै सोमबार जिल्ला प्रशासन कार्यलयको अगुवाईमा सदरमुकाम गमगढीको बजार अनुगमन गर्दा ठुलो परिणामको अबैध घरेलु र चिनियाँ मदिरा नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासनको अगुवाईमा कोष तथा लेखा नियन्त्रण, जिल्ला प्रहरी कार्यालय, श्रीनगर गाबिस,महिला निगरानी समुह,उद्योग बाणिज्य संघ, होटल ब्यबसायी र नागरीक समाजका प्रतिनिधी हरुको संलग्नतामा बजार अनुगमन गर्दा पुलु प्रहरी चौकिले बेवारीसे रुपमा खच्चडमा ढुवानि गर्दै सदरमुकाम गमगढी ल्याउदै गरेको २६ बोरामा ५२ कार्टुन चिनियाँ मदिरा र सदरमुकाममा ३७ ग्यालेन घरेलु मदिरा बनाउने कच्चा प्रदार्थ कुवाएको अन्न र ५० लिटर भन्दा बढी बिक्रि बितरण गर्न तयार पारीएको अबैध घरेलु मदिरा आफनो नियन्त्रणमा लिएको हो ।
अबैध रुपमा जिल्लाका सबै भागमा घरेलु र चिनियाँ मदिराको बिक्रि बितरणले दैनिक झै झगडा लगायत चोरी डकैति लुटपाट र राजस्व छलि गर्दै अवैध ब्यापार गरेकाले यस्तो कार्य नगर्न बेला बेला सार्बजनिक सुचना र स्थानिय रेडियो मार्फत जानकारी गराउँदा गराउदै कसैले पनी वास्ता नगर्दा बजार अनुगमनमा पाएको सुचनाको आधारमा छापा मारी अबैध मदिरा नियन्त्रणमा लिएको र यो पहिलो पटक भएकाले पुन अर्को चोटी भेट्टाएमा आबश्यक कानुनी पक्रिया चलाउने र यस्तो अनुगमन पुन कुनै पनी बेला फेरी हुन सक्ने अनुगमन संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताए ।
अहिले जिल्ला खाध्य संस्थानबाट बितरण हुने चामल समेत घरेलु मदिरा बनाउन बढी प्रयोग हुने गरेको भन्ने जनगुनासो आउन थालेपछी पहिले देखिनै नियन्त्रण गर्न लागि परेको प्रहरी प्रशासनले यो पटक भने अझै ठुलो परिमाणको अबैध मदिरा नियन्त्रण लिन नसकेको गुनासो सर्बसाधरणको रहेको छ । जिल्लामा आउने कुल खाद्यन्न मध्य ३० देखि ४० प्रतिसत घरेलु मदिरा बनाउन प्रयोग हुने अर्को तिर यसको सेवनले दिनानु दिन झै झगडाका घटना प्रहरीमा पर्ने भएकाले प्रशासनले गरेको यो काम राम्रो भएको र निरन्तरता दिए मदिरा नियन्त्रण हुने उनिहरुको गुनासो रहेको छ ।
राजस्व छलेर अबैध रुपमा चिनियाँ तथा घरेलु मदिरा बिक्रि बितरण नगर्न भनि कोष तथा लेखा नियन्त्रण कार्यलयले जानकारी दिदा दिदै बिक्रि बितण गरेको पाईएकाले पहिलो पटक चेतावनिको रुपमा पनि यति ठुलो मात्राको मदिरा नियन्तरण लिई जफत गरिएको मदिरा नष्ट गरिने र पुन अबैध मदिरा भेट्टिएमा बनाउन प्रयोग गरीने भाडाकुडा सहित जफत गरी त्यो मानिसलाई आबश्यक कानुनि कार्बाही गरिने कोष नियन्त्रक गाबिन्द्र सुबेदीले जानकारी दिए ।
1 comments
बिचार लेख्नुहोस्..

September 30, 2013 at 7:15 AM
great news for mugu sir