कार्यालय छोड्दै कार्यालय प्रमुखहरु÷ दश राजनितिक दलद्धारा आपत्ती


मुगु न्युज डट कम -
असोज ७ मुगु---------
 दशै आउन धेरै दिन बाँकि  रहे पनि जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुखहरु जिल्ला छोडेर हिडन थालेका छन ।
 सम्बन्धित कार्यालयका प्रमुखहरु विभाग ,मन्त्रालय र क्षेत्रले गोष्ठी , सेमिनारका लागि बोलाएको भन्दै जिल्ला छोडन थाले पछि जिल्लाका सरकारी कार्यालयहरु कार्यालय प्रमुख विहिन हुन थालेका छन भने सेवाग्राहीले पाउने सेवा समेत प्रभावित हुन थालेका छन ।
 यसरी कार्यालय प्रमुखले जिल्ला छोडन थाले पछि सोमवार  जिल्ला स्थित काँग्रस, एमाले, दी , एकिकृत माओवादी , नेकपा माओवादी , राप्रपा लगायतका दशवटा राजनितिक दलले जिल्ला विकास समिति मुगुको स्थानीय विकास अधिकारी कै कार्य कक्षमा पत्रकार सम्मेलन गरि आपत्ती जनाएका छन । दशै आउन धेरै दिन बाँकि रहे पनि विभिन्न बाहना गरि कार्यालय प्रमुखले जिल्ला छोडदा सेवा ग्राही सेवा पाउनबाट बञ्चित भएको र पहिलो चौमासिकमा जनताले कुनै सेवा नपाएको तथा कर्मचारीले तलब खाने काम बाहेक अरु केहि नगरेको दलहरुले बताए । जिल्लामा वेला बेला कार्यालय प्रमुखहरुले जिल्ला छोड्दा विकास निर्माणका कार्यहरु प्रभावित हुने गरेको भन्दै अब त्यस तर्फ जिल्लाका सबै राजनीतिक दलहरु एकजुट भएर जाने समेत निष्कर्षमा दलहरु पुगेका छन ।
 जिल्ला विकास समिति मुगुको पाँचौ जिल्ला परिषदमा १४ लाख बढि अनियमितता भएको र त्यसको छानविन गरि प्रतिवेदन तयार भएको भए पनि असोज ६ गते भित्र प्रतिवेदन कार्यान्वयन गर्ने निणय भएकोमा निर्णय कार्यान्वयन नगरे पछि आउने समस्याबाट पञ्छिन स्थानीय विकास अधिकारी र जिल्ला ईन्जिनियरले जिल्ला छोडेको दलहरुले आरोप लगाएका छन ।
 स्थानीय विकास मन्त्रालयको आयोजनामा तिन दिने गोष्ठीमा भाग लिने भन्दै कार्यालय प्रमुखहरुले सम्बन्धित मनत्रालयको काज देखाएर जिल्ला छोडेका जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए । उनले भने, तिन दिने गोष्ठी सकिएर प्रमुखहरु फर्किने भनेका छन समयमा नै आउछन भन्ने लागेको छ ।
 स्थानीय विकास अधिकारी भरत गौतम हिडे पछि आर्थिक कारोवार सवै बन्द रहेका र सामान्य सिफारिसको काम मात्र हुने गरेको जिल्ला विकास समिति मुगुका निमित्त स्थानीय विकास अधिकारी जानक बहादुर मल्लले बताए ।
 जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय,जिल्ला वन, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला पशु सेवा , जिल्ला कृषि विकास कार्यालयका प्रमुखहरुले असोजको पहिलो हप्तामा नै जिल्ला छोडेका छन भने महिला तथा बालबालिका कार्यालय,  जिल्ला शिक्षा कार्यालय , गमगाढ साना जल विद्युत आयोजना र नागरिक उड्ययन कार्यालय यो भन्दा अघि नै कार्यालय प्रमुख विहिन अवस्थामा थिए । अहिले जिल्ला छोडेका कार्यालय प्रमुखले दशै पेश्की सहित तलब समेत बुझेर हिडेको कर्मचारीहरु बताउछन ।


0 comments

बिचार लेख्नुहोस्..